Friday, August 18, 2017  |    

चितवन हात्ती महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म हुने

प्रकाशित मिति: 2016/12/18

पुस ३, चितवन । सौराहामा आयोजना हुने १३ औं संस्करणको चितवन हात्ती महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।

आयोजक क्षेत्रिय होटल संघ सौराहाका अनुसार यसपटक हात्ती दौड प्रतियोगिता महोत्सवबाट हटाइएको छ । अजंगको ज्यान भएको हात्तीलाई दौडाउँदा यातना दिइएसरह हुने भन्दै पशु अधिकारकर्मीहरुले विरोध गर्दै आएका थिए । यसपटक हात्ती दौड हटाईको छ भने पर्यटकहरुलाई थप आकर्षित गर्न हात्ती पोलो र हात्ती श्रृङ्गार प्रतियोगिता थप गरिएको छ ।

महोत्सवलाई वन्यजन्तु मैत्री बनाउन हात्ती दौडलाई हटाएर हात्ती ‘फाष्टवाक’ प्रतियोगिता गरिने भएको हो ।

हात्तीपोलो चितवनबाट नै सुरु भएकाले यस पटकको महोत्सवमा हात्ती पोलो विशेष आकर्षण बन्ने हात्तीपोलो खेल व्यवस्थापन समिति संयोजकको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरु बीच फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, टाँगा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता हुने छन् ।

सो हात्ती महोत्सवकै निकै आकर्षणको रुपमा रहेको हात्तीका छावाका विचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिम र हात्ती सुन्दरी प्रतियोगिताका लागि ५ वटा हात्ती सहभागी हुने नतिजा प्रकाशन एवं हात्ती सुन्दरी प्रतियोगिता हुनेछ ।

यसैगरी दुई बर्ष अघिदेखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्खर, धान, केरा, काउली, बन्दा, उँखु, स्याउ, सुन्तला लगायतका अन्य परिकारहरु खवाइने हात्ती वनभोज कार्यक्रमका संयोजकको भनाई छ ।

तपाईंको बिचार