Monday, December 11, 2017

सफलताको शिखर चुम्नु छ, तत्काल बिहे गर्ने सोच छैन :बिष्णु पाण्डे

प्रकाशित मिति: 2016/12/18

पौष ३, काठमाण्डौ । सानैदेखि आफ्नै व्यावसायमा स्थापित हुने चाहना थियो, आज पुरा भएको छ, केही हुने क्रममा छ । 

निकै सफल देखिनुहुन्छ, विवाह कहिले : अहिले सोचेको छैन । यहाँको रोजाई त होला निः आत्मविश्वासी र समाजप्रतिको उत्तरदायित्व बुझेको होस भन्ने लाग्छ, परिवारलाई माया गर्ने होस, यही न हो । यस्तै... यस्तै .....
सफलताको शिखर चुम्नु छ । ज्याठा ठमेलमा भेटिएका एक युवा यसै भन्दै थिए । निकै कलिलो उमेरका बिच ठमेल क्षेत्रमा होटल व्यावसायमा उनको प्रभाव भने दह्रिलो गरी स्थापित भएको छ ।
ठमेलको ज्याठा छुसेपा गल्लीमा अवस्थीत कान्तिपुर टेम्पल हाउससँगै छ, ‘होटल बिलीस ईन्टरनेशनल प्रालि’ यसैका सञ्चालक हुन– बिष्णु पाण्डे ।
बाहिरबाट हेर्दा सामान्य जस्तो देखिएपनि चारतले उक्त होटलको सेवा र ग्राहकको रोजाई भने सधै पहिलो रोजाईमा पर्ने गरेको छ । स्वदेशी तथा बिदेशी पर्यटक लक्षित गरी सञ्चालन गरीएको उक्त होटलमा अत्याधुनिक सबै सेवा सुबिधाका साथ सम्पुर्ण खानाका परिकारले पनि बिशेष छ, भन्ने लाग्छ,– उनले सुनाए ।
सफलताले बाटो देखाएरै होला, उनले हालै मात्र २ महिना अघिदेखी तलेजु बुटिक होटलसमेत सोही स्थानमा सञ्चालनमा ल्याएका छन ।
पहिलेकै होटल छँदै थियो, फेरी किन दोस्रो भन्ने प्रश्नमा पाण्डेले ग्राहकको लोकप्रियता जोगाईराख्नकै लागि तलेजु स्थापनाको बिकल्प नभएको सुनाए ।
नभन्दै २ सय सिट क्षमताको रेष्टुरेण्ट, २५ सिट क्षमताको सेमिनार हल र स्पाको बिभिन्न ब्राण्डका सेवा लिन ग्राहकहरुको उपस्थिीति निक्कै लोभलाग्दो थियो ।
अत्याधुनिक सुबिधा सम्पन्नसहितको आवास सुबिधासहित अक्तिरिक्त सुबिधाका रुपमा उनले स्पालाई अथ्र्याए ।
आयुवेर्दिक, थाई, हर्ट मसाज नयाँ प्रयोगका रुपमा सुरुवात गरेको र यसैका लागि पनि तलेजु ब्राण्डका रुपमा स्थापित भएको उनले सुनाए ।
शान्त, स्वच्छ, बातावरणका बिच गार्डेनसहितको पार्किङ सुबिधा  उपलब्ध गराएका छौ, आफुले चाहेजतिका खानाका परिकार बन्द कोठाभित्रै उपलब्ध गराएका छौ, यस अर्थमा हामी भिन्न छौ, – निकै गर्बका साथ यसो भन्दै थिए पाण्डे ।
नवलपरासीको बर्सौनी ५ मा २७ बर्षअघि जन्मेका पाण्डे २०६१ मा एसएलसी दिएपश्चात काठमाण्डौ प्रवेश गरेका हुन ।
ठमेलमा दाई चल्तापुर्जा थिए, दाईकै सहयोगमा होटल पोतालामा सुरुका दिनमा रिसेप्सनिष्टको रुपमा काम गरे । समय बित्दै जाँदा २००८ मा दाईसँगै मिलेर हिमालयन क्लब टुर एण्ड ट्राभल कम्पनी खोल्यौ, त्यसपछि पछाडी फर्केर हेर्नुपरेन हजुर, उनले फेहरिस्त लगाए ।
कलिलै उमेरमा सफलताले बाटो देखायो, त्यो बाटो हिड्दै गर्दा २ बर्षअगाडि बिलिस र २ महिनाअघिबाट तलेजुसम्म आईपुगियो, अब यसैलाई व्यवस्थीत गर्ने सोच छ, उनले भने ।
निरन्तर कर्मप्रतिको बिश्वास, लगनशिलताले नै जिबनको सहि बाटो प्राप्त गर्ने पाण्डेको बुझाई छ ।

तपाईंको बिचार