Sunday, June 25, 2017  |    

पर्यटनमा नाटोजको भुमिका अतुलनिय रहेको व्यावसायीहरुको भनाई, सल्लाहकारमा छेटुप तामाङ

प्रकाशित मिति: 2016/12/20

पौष ५, काठमाण्डौ । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)को बनभोज तथा भेटघाट कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

काभ्रेको बल्थलीमा आयोजित उक्त कार्यक्रममा ग्रामिण पर्यटनको उजागरको साथसाथै पत्रकारहरु र पर्यटन व्यावसायीहरुबिचको एकताका साथै पत्रकारहरुमा पुर्नताजगी प्राप्त होस भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको नाटोजले जनाएको छ ।
बनभोज कार्यक्रम अन्र्तगतको बिशेष कार्यक्रममा बोल्दै नेकपा एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापाले पर्यटन मन्त्री तथा पार्टीगत पर्यटन प्रमुखहरुले पर्यटनको बिकासको लागि भन्दा पनि औपचारिक कार्यक्रमहरुको उद्घाटन गरेर बिताउने गरेको भन्दै व्यावसायी र पर्यटन क्षेत्रको बिकासमा अहोरात्र लागिपर्नुपर्ने बताउनुभयो ।
उहाँले पर्यटनका संस्थाहरुबिचकै आन्तरीक द्धन्द तथा नेतृत्वको हानथापले टान लगायतका संस्था धरासायी बन्दै गएको भन्दै व्यावसायीबिचको एकताबिना पर्यटन क्षेत्रको बिकास हुन नसक्ने बताउनुभयो ।

निट नेपालका अध्यक्ष दिपक महतले अन्य पर्यटकीय संस्थाको तुलनामा पर्यटन क्षेत्रको प्रवद्र्धनमा नाटोजको भुमिका उल्लेखनिय रहेको भन्दै नाटोजलाई आफुले सक्दो सहयोग गर्ने र नाटोजप्रति व्यक्तिगत रुपमा पनि उत्तरदायित्व छ भन्ने आफुलाई अनुभुत भएको बताउनुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का पूर्व अध्यक्ष बोधराज भण्डारीले नाटोजको श्रृजनशिलताको प्रशंसा गर्दै आगामी दिनमा पनि पर्यटन क्षेत्रमा चलायमान रहिरहोस भनि शुभकामना व्यक्त गर्नुभयो ।

माघेसक्रान्ति गोरुजुधाई संरक्षण संस्थाका अध्यक्ष दिपेश शाक्यले पर्यटन प्रवद्र्धनमा नाटोजको भुमिकाको प्रशंसा गर्दै आन्तरीक पर्यटन प्रवद्र्धनमा समेत नाटोजको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले आगामी माघ १ गते नुवाकोटको तारुकामा आयोजना हुने गोरुजुधाई खेल प्रतियोगिताको ऐतिहासिक महत्व रहेको र आन्तरीक पर्यटन प्रवद्र्धनका लागि आफुहरु सक्रिय रहेको भन्दै सम्पुर्ण पर्यटन सम्बद्ध व्यक्तिहरुलाई उपस्थीतिका लागि समेत आग्रह गर्नुभयो ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रिय अध्यक्ष शिव अधिकारीले पर्यटन व्यावसायी र पर्यटन पत्रकारहरुबिचको एकता कायम गर्दै ग्रामिण पर्यटनको प्रवद्र्धन गर्न बनभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
सधै देश र राजनीति तथा समाचार कर्ममा व्यस्त हुने पत्रकारहरुहरुलाई पुर्नताजगी सहितको मनोरञ्जनको लागि समेत उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
उहाँले पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारहरुको भुमिका अतुलनिय रहेको भन्दै पर्यटकीय संघसस्थामा पनि पत्रकारहरुको प्रतिनिधीको रुपमा सम्मानजनक उपस्थीती सुनिश्चीत गरीनुपर्ने बताउनुभयो । उहाँले नाटोजको कामकारबाहीलाई समायनुकुल रुपमा परिष्कृत गर्दै लैजानको लागि केन्द्रिय सल्लाहकारमा युवा पर्यटन व्यावसायी छेटुप तामाङलाई मनोनयन गरेको घोषणा गर्नुभयो ।
सल्लाहकारमा घोषणा पश्चात तामाङलाई अध्यक्ष अधिकारीले खादामालाले सम्मानसहित स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन पत्रकार, व्यावसायी लगायत ५ दर्जनको सक्रिय सहभागिता रहेको थियो ।

तपाईंको बिचार