Wednesday, August 23, 2017

टान नेतृत्व मनोपली ढंगले अघि बढेको भन्दै पदाधिकारीहरुको आपत्ति

प्रकाशित मिति: 2016/12/21

पौष ६, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले सर्बत्र दबाबपश्चात यही डिसेम्बर २३ मा साधारणसभाको मिती घोषणा गरेको भएपनि टान नेतृत्वले आफुखुसी निर्णय गरेको भन्दै टानका बर्तमान द्धितीय उपाध्यक्ष रामप्रसाद सापकोटा, कोषाध्यक्ष लिलाबल्दभ दाहाल लगायतले साधारणसभाको तयारी एकलौटी ढंगले भन्दै फरक मत प्रश्तुत गरी गम्भिर असहमति जनाएका छन ।

टानको नेतृत्व सम्हालेका अध्यक्ष चन्द्र रिजालले आफुखुसी निर्णय गर्दै मनोपली हिसाबमा आफ्नो निर्णयलाई लाद्ने र कार्यसमितीलाई थाहा नै नदिई छलफल नै नगरी बिभिन्न निर्णयहरु गर्ने गरिरहेको, संस्थालाई गतिहिन बनाएको, टानलाई आर्थिक व्यवभार बढाएको र आफ्नो नेतृत्वको बचाउको लागि बिभिन्न ठाउँमा पत्रकारहरुको नाममा भोजभतेर गरेको लगायतका बिषयमा कार्यसमितीभित्र ठुलो मतभेद आएको टानका एक पदाधिकारीले गन्तव्य नेपाललाई बताए ।
स्मरणिय छ, तत्कालिन अध्यक्ष रमेश धमलाले साधारणसभा सार्ने निर्णय गर्दा सिडियो कार्यालय पुग्ने रिजाल अहिले भने सर्वत्र दबाब पश्चात निर्धारित समयावधी भन्दा ३ महिना ढिलो गरि साधारणसभा गर्ने मनस्थीतिमा पुगेका हुन । 

तपाईंको बिचार