Saturday, November 18, 2017

१५ महिनामा टानमा थपियो तीन करोड ऋण

प्रकाशित मिति: 2016/12/23

काठमाडौं, ८ पौष । चन्द्र रिजाल नेतृत्वको कार्यसमितिले ट्ेकिङ एजेन्जिस एसोसिएसन अफ नेपाल (टान)को कार्यभार सम्हालेको १५ महिनामा टानमा तीन करोड ऋण थपिएको छ । टानबाट प्राप्त स्रोतका अनुसार अघिल्लो कार्यसमितिले टानको कोषमा १ करोड ४० लाख रुपैयाँ नाफा छोडेर गएको थियो । तर १५ महिने यस अवधीमा त्यो रकम समेत सकिएर तीन करोड ऋण थप भएको छ । जसको कारण अहिले टानले गर्नुपर्ने पदयात्रा पर्यटन प्रवद्र्धन र नयाँ गन्तव्य पहिचान गर्ने कार्य प्राय शून्य छ, भने टानमा कार्यरत कर्मचारीलाई तलव खुबाउन समेत समस्या देखिएको छ । 

स्रोतका अनुसार अमेरिकामा आयोजना गरिएको ट्रेड फेयरमा १८ लाख, ल्होसारमा १३ लाख र लाङटाङ म्याराथनमा १४ लाख रुपैयाँ घाटा देखिएको छ । त्यस्तै फार्म टुरका नाममा केही व्यवसायी र पत्रकारलाई आफ्नो गाँउ घुमाएर महासचिवले सम्पूर्ण खर्च विवरण टानमा बुझाएको देखिएको छ । भने अध्यक्षले वार्षिक रुपमा एक जना पर्यटक पनि नपुग्ने धादिङको एक गाउँमा पर्यटन प्रवद्र्धनको नाउँमा १ करोड रुपैयाँ भन्दा बढी रकम विनियोजना गरेको देखिएको छ । नेपालको पदयात्रा पर्यटनको प्रवद्र्धन र व्यवसायीका हकहितका लागि काम गर्न भन्दै स्थापित टानमा संकलित रकम पछिल्लो समय अनउपयूक्त काममा खर्च हुन थालेपनि सदस्यहरु रुष्ट देखिएका छन् । टानको कार्यालय रहेको भवन बेच्दा समेत ऋण तिर्न नसक्ने अवस्था रहेको छ । तीन करोड रुपैयाँ ऋणमा डुबेको टानले आज शुक्रबार हुने साधारण सभाबाट आगामी वर्षका लागि ४० करोड रुपैयाँको बजेट ल्याउने तयारी बनाएको बुझिएको छ ।

 

तपाईंको बिचार