Friday, April 28, 2017  |    

रचनात्मक रुपमा टानको भण्डाफोर गर्नेछौं : नवराज दाहाल

प्रकाशित मिति: 2016/12/23

काठमाडौं, ८ पौष । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आज आयोजना गरिएको साधारण सभामा प्रस्तुत गरिने एजेन्डाबारे बिहिबार साझसम्म पनि जानकारी नगराइपछि सदस्यहरु रुष्ट बनेका छन् । सदस्यहरुलाई बेवास्ता गर्दै टानका केही पदाधिकारीले मनोमानि ढंगले अघि बढेको भन्दै टानको पूर्व महसविच एवं वरिष्ठ पर्यटन व्यवसायी नवराज दाहालले त्यसको सबै मिलेर भण्डाफोर गर्ने बताएका छन् । गन्तव्य नेपालसँग कुरा गर्दै उनले वर्तमान कार्यसमितिले नेपाल पर्यटन बोर्डसँग आवश्यक समन्वय गर्न नसकेको, आर्थिक रुपमा इतिहासमै कमजोर बनाएर टानलाई गतिहिन बनाएको आरोप लगाए । व्यवसायीको माग र मुद्धालाई टानले उठान गर्न नसकेको भन्दै त्यसको विरुद्ध सबै मिलेर लाग्नुपर्ने बताए । ‘यो कार्यसमितिबाट हामीले केही आशा गरेका थियौ, उहाँले भन्नुयो, तर यो कार्यसमितिले पनि माखै मार्न सकेन् । साथीहरु राजनीतिज्ञ भएर हो की के हो व्यवसायीको आवाज त सुन्दै सक्नु भएन । हामी विना आग्रह पूर्वाग्रह यसको रचनात्मक रुपमा विरोध गछौ ।’ विगतको कार्यसमितिलाई औलाठ्याएर पैसा छैन भनेर वर्तमान कार्यसमिति उम्कन खोजेको अरोप समेत लगाए । ‘बजेट संकलनका लागि सदस्यहरुबाट आवश्यक सहयोग लिन सकिन्छ , विभिन्न फन्डीङ कार्यक्रम गर्न सकिन्छ तर उनले भने, यहाँ त काम गर्ने मनसाय नै देखिएन जसको कराण पैसा छैन भन्दै उम्केर टानलाई धरासायी बनाइयो । जसको कारण हामी राजनीति स्वार्थ भन्दा माथि उठेर यसको भण्डारफोर गर्नै पर्छ ।’

तपाईंको बिचार