Wednesday, September 20, 2017

टानका उपाध्यक्ष सापकोटालाई जिम्मेवार बन्न हाम्रो आग्रह

प्रकाशित मिति: 2016/12/23

काठमाडौं, ८ पौष । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का द्धितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले गन्तव्य नेपाल न्यूज डट कमको नाममा जारी गरेको प्रेस विज्ञप्ती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 

टानको ३८ औ साधारण सभाको सन्दर्भमा गन्तव्य नेपालन्यूज डटकम सँग कुरा गर्दै टानको कार्यशैली प्रति असन्तुष्टि जनाएका सापकोटाले आज साधारण सभाकै दिन एक पृष्ठ लामो विज्ञप्ती जारी गरी कुरा फेरेर हामीलाई गलत सावित गर्ने असफल प्रयास गरेका छन ।
केही दिन अघि मात्र उनकै कार्यालय गल्कोपाखाबाट शिवपुरी स्थित डाँडा गाउँमा पिकनिक जाने क्रममा बाटैबाट सापकोटाले गन्तव्य नेपालका संवाददाता शंकर गौलीसँग टेलिफोन वार्ता गरि टान नेतृत्व मनोपोली ढंगबाट अघि बढेको भन्दै असन्तुष्टि जनाएका थिए । उक्त समाचार हामीले उनको फोटो सहित प्रकाशित गरेका थियौ । तर भोलीपल्टै उनले कुरा फेर्नुले हामी आश्चर्यमा परेका छौ । 
सो यात्रामा चार जना पर्यटनका स्थापित व्यवसायीहरु समेत साक्षी रहेको कुरा स्मरण गर्न हामी उहाँलाई आग्रह गर्दछौ । तसर्थ बन्द कोठा भित्र दुई जना मात्र कुरा गरेको होइन, हामीसँग प्रशस्त प्रमाण छ ।
केही दिनअघिमात्रै आफ्नो र आफ्नो संस्थाको ढाकछोप गर्नको लागि टान नेतृत्वले ठमेलस्थीत होटल बैशालीमा पत्रकारको नाममा भोजभतेर गरेको प्रति हामी जानकार छौ । साधारणसभामा पूर्ण कार्यसमितीलाई जानकारी नै नदिई कोषाध्यक्षको अधिकार कटौती गर्ने टान नेतृत्वको असफल प्रयास आज सिद्ध भएको छ । यस्तो हतास मनस्थीतिको प्रयोग सापकोटामार्फत प्रयोग गरिएको भन्ने हाम्रो बुझाई हो ।
तसर्थ यथेष्ट सुचना र स्रोत पत्रकारितामा बिश्वास गर्ने हाम्रो कार्यशैलीलाई भ्रमित गर्ने कोशिस गरिए समाचारमा भनिएका र गरिएका बिषयबस्तुको सप्रमाण प्रश्तुत गर्न हामी सक्षम छौ, र यो चुनौती पनि हो ।
सापकोटाले हतास मनस्थितीमा कसैको प्रलोभन, धाकधम्की र करकापमा परेर विज्ञप्ती निकाल्नु भएको हो भन्नेमा हामी स्पष्ट छौ । 
यदी होइन भने हामी ति व्यवसायीलाई साक्षी राखेर तपाईसँग खुला बहस गर्न तयार छौ । कुरा परिवर्तन गरेर 
सार्वजनिक संस्था अझ त्यसमा पनि पर्यटकीय संस्थाहरु सधै हाम्रो निगरानीमा हुनेछन् । त्यहाँ भएका विकृती र विसंगतिहरुलाई आगामी दिनमा हामी अझ सशक्त ढंगले उठान गर्ने छौ । याकी सापकोटा जस्तो सिमित व्यक्तिको डर, धाक र धम्कीका भरमा हामी विकृती, विसंगतिको साक्षी बन्न कदापी सक्दैनौ ।

तपाईंको बिचार