Friday, June 23, 2017  |    

ईतिहासमै कंगाल बनाएको भन्दै टान साधारणसभामा नेतृत्वको चर्को बिरोध

प्रकाशित मिति: 2016/12/23

पौष ८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३८ औ बार्षिक साधारणसभा अन्यौलताका बिच आज राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको छ ।

साधारणसभा टानको ईतिहासमै अत्यन्तै लज्जास्पद र हास्यास्पद रुपमा सम्पन्न भएको टान सम्बद्ध व्यावसायीहरुले बताएका छन ।
साधारणसभामा गरिने सामान्यतया बार्षिक प्रतिबेदन लेखापरिक्षण प्रश्तुत बाहेक अरु केही हुन सकेन ।
आजको साधारणसभामा टानको नेतृत्वले पुर्ण कार्यसमितीलाई नै छलछाम गरी कोषाध्यक्षको अधिकार कटौती लगायत केही सिण्डीकेट दफाहरु लानको लागि गोप्य तयारी गरेको थियो ।
तर बिगत केही दिनअघिदेखीको टान सम्बद्ध व्यावसायीहरुको चरम प्रतिक्रियाको बाबजुत उक्त प्रश्ताब नेतृत्वले साधारणसभामा प्रश्तुत गर्न सकेन ।
टान सम्बद्ध अधिकांश सदस्यले टानको नेतृत्व सम्हालेका अध्यक्ष चन्द्र रिजालले आफुखुसी निर्णय गर्दै मनोपली हिसाबमा संस्था चलाएको, संस्थालाई गतिहिन बनाएको, टानलाई आर्थिक व्यवभार बढाएको र आफ्नो नेतृत्वको बचाउको लागि बिभिन्न ठाउँमा पत्रकारहरुको नाममा भोजभतेर गरेर संस्थालाई इतिहासमै कंकाल बनाएको भन्दै सदस्यहरुले कडा आपत्ति जनाएपछि टान नेतृत्व निरीह बनेको थियो ।
सदस्यहरुको आपत्तिपछि अध्यक्ष रिजालले आक्रोशित रुपमा बोल्ने कोशिष गर्दा टान सम्बद्ध व्यावसायीहरुले हुटिङ गरेपछि रिजाल मथ्थर भएका थिए ।
संस्था चलाउने क्रममा कमीकमजोरी भएको भएको स्वीकार्दै अध्यक्ष रिजालले आगामी दिनमा सबै कार्यसमिती सदस्यसँग सामुहिक छलफल गरी अघि बढ्ने बताए ।

तपाईंको बिचार