Monday, October 23, 2017

टान नेतृत्वले ताली खाए, टिम्स रकम भित्राउने हल्ला निराधार

प्रकाशित मिति: 2016/12/25

पौष १०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३८ औ बार्षिक साधारणसभा चलिरहँदा अध्यक्ष चन्द्र रिजालले बडो गर्बका साथ टिम्स रकम भित्राउने घोषणा गरेका भएपनि अन्ततः उक्त हल्ला निराधार साबित भएको छ ।
गत शुक्रबार होटल र्याडिसनमा टिम्सको रकम नेपाल पर्यटन बोर्डले टानलाई दिने भयो भन्दै रिजालले नेतृत्वको सफलताको हवाला दिदै तालि थापेका थिए ।
टानको कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा पुगेको टानले हचुवाको भरमा ३९ करोडको बजेट सार्वजनिक गर्नु अत्यन्तै हास्यास्पद र गैरजिम्मेवारीपुर्ण घोषणा गरिएको टान सम्बद्ध व्यावसायीहरु बताउँछन ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य घनेन्द्र श्रेष्ठले गन्तव्य नेपालसँग कुराकानी गर्दै टानको खातामा टिम्स बापतको रकम सम्बन्धमा कुनै निर्णय नभएको बताउँदै तत्काल टानलाई रकम निकासा गर्ने स्थीति नरहेको बताउनुभयो ।
टानले बिगतको हिसाब नै फछ्र्यौट नगरेको अवस्थामा रकम दिने कुरा टाढाको बिषय भएको उहाँको भनाई छ ।
उहाँले टिम्सको रकम राज्यको धन भएकाले पर्यटकीय अरु संस्थाहरुसँगको कार्यक्रमिक सहकार्य जस्तै टानसँग पनि हुनसक्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डसम्बद्ध एक कर्मचारीले गन्तव्य नेपालसँग कुराकानी गर्दै टानले बिगतको करोडौं रकमको फछ्र्यौट त परै जाओस, टान कार्यसमितीलाई धरौटी राखेर पछिल्लो समय लिएको एक करोड ८८ लाख ५० हजार रुपैयाँको समेत फर्छौट पर्यटन बोर्डलाई बुझाउन नसकेको बताउनुभयो ।
नाम गोप्य राख्ने शर्तमा उहाँले टानले उदेश्य भन्दा बाहिर गएर अनावश्यक खर्च गरेकाले राज्यको धन अब त्यसरी टानमा जान सक्तैन भन्नुभयो ।
नेपाल पर्यटन बोर्डको ३ वटै बैठकमा टानले सम्पुर्ण हरहिसावको पर्छैट नगरेसम्म रकम दिने बिषय सोच्न पनि नसकिने भन्दै उहाँले टिम्सको रकम टानमा जाँदैछ भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

 

तपाईंको बिचार