Wednesday, August 23, 2017

सोभिनियर हेण्डीक्राफ्टमा चोरी,सोह्खुट्टे प्रहरी प्रमुख भन्छन–‘अपराधि पक्राउ नपरी सुखै छैन’

प्रकाशित मिति: 2016/12/25

पौष १०, काठमाण्डौ । ठमेलका चर्चित युवा पर्यटन व्यावसायी तथा सोभिनियर ह्याण्डीक्राफ्टका सञ्चालक हरीभक्त श्रेष्ठको स्टोरबाट साँढे ३ लाख बराबरका धातुका मुर्तिहरु चोरी भएको छ ।
बिगत लामो समयदेखी गिफ्ट आईटमसँग सम्बन्धीत ह्याण्डीक्राफ्ट सञ्चालन गर्दै आएका श्रेष्ठले गाहिटीमा निर्माणाधिन ४ तल्ले भवनको ग्राउण्ड फ्लोरमा उक्त मुर्तिहरु ताला लगाई सुरक्षित साथ राखिएको भएपनि अप्रत्यासित रुपमा चोरी भएको बताउनुभयो ।
भवनको मुल गेट र स्टोरमा भरपर्दो ताला लगाईएपनि ठमेलमा सुरक्षाको स्थीति कमजोर बनेको भन्दै उहाँले चिन्ता गर्नुभयो । ठमेल क्षेत्रका बिकासका लागि भनेर ठमेल पर्यटन बिकास परिषद् लगायतका संस्थाहरुहरुले हल्ला मात्र गर्ने र व्यावसायीक सुरक्षा ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
श्रेष्ठले आफुले चोरीका सम्बन्धमा सोह्खुट्टे प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई जानकारी गराईसकेको भन्दै चोरी गर्नेहरुलाई पक्राउ गरी आफ्नो सम्पती फिर्ता हुनेमा आफु पुर्ण आशाबादी रहेको बताउनुभयो ।
यस सम्बन्धमा बुझ्दा सोह्खुट्टे प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले चोरी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र अनुसन्धानलाई तिब्रता दिईएको साथै केही शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्य भईसकेकाले छिट्टै टुंगोमा पुग्ने बताउनुभयो ।

 

तपाईंको बिचार