Sunday, August 20, 2017  |    

अन्ततःटानका द्धितिय उपाध्यक्ष सापकोटाले स्वीकारे गल्ती, भन्छन– ‘नेतृत्वको दबाबमा पर्दा फसें’

प्रकाशित मिति: 2016/12/26

पौष ११, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का द्धितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले गन्तव्य नेपाल न्यूज डटकममा टान नेतृत्वका बारेमा आफैले बोलेको कुरा समाचारमा प्रकाशित भएपनि दबाबमा अस्विकार गर्नुपरेको भन्दै आत्मालोचना गरेका छन ।

हिजो ठमेलमा गन्तव्य नेपालका अध्यक्ष शिब अधिकारी र पर्यटन क्षेत्रका स्थापित व्यावसायीहरुकै बिच टान नेतृत्वको कार्यशैलीप्रति आफुले बिमती राख्दै टेलिफोनमार्फत गन्तव्य नेपालका संबाददातासँग धारणा राखेको भएपनि जबर्रजस्ती रुपमा बोलेकै होईन भन्नुपर्ने स्थीतिले आफुलाई लज्जीत तुल्याएको भन्दै सापकोटाले माफी मागेका हुन ।
टान साधारणसभाको दुईदिन अघि गत पौष ६ गते सापकोटाले टान नेतृत्वको कार्यशैली प्रति असन्तुष्टी व्यक्त गर्दै ‘टान नेतृत्व मनोपली ढंगले अघि बढेको भन्दै पदाधिकारीहरुको आपत्ति’ शिर्षकमा आफ्नो धारणा राखेका थिए ।

लोकतन्त्रमा संस्थाका कुरा गर्ने छुट भएपनि टान नेतृत्वको करकापमा परेर आफैले बोलेका कुरा होईन भन्नु पर्दा आत्मग्लानी भएको भन्दै टान नेतृत्वलाई पर्न जाने असुबिधा प्रतिसमेत आफु जानकार भएपनि सत्यलाई लुकाउन नसकिने बताएका हुन ।
उनले भने– ‘राष्ट्रको चौथो अंगको रुपमा लामो समयदेखी पर्यटन क्षेत्रको मनमुटुमा बस्न सफल गन्तव्य नेपाल न्यूज डटकममा आफैले बोलेको कुरा प्रकाशित हुँदा पित पत्रकारिताको आरोप लगाउनुपर्ने बाध्यात्मक अवस्थाप्रति म अत्यन्तै दुःखी छु । ’
सापकोटाले आत्मालोचना गरेपश्चात गन्तव्य नेपालका अध्यक्ष शिब अधिकारीले सिमित व्याक्ति र समुहको घेरामा आफुहरुले पत्रकारिताको अभ्यास नगर्ने भन्दै हचुवाको भरमा पित पत्रकारिताको संज्ञा दिईएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको थियो ।
स्रोत पत्रकारिताको मर्मलाई ख्याल गरेर मात्रै आफुले कलम चलाउने भन्दै अधिकारीले सतही रुपमा संस्थाप्रति नकारात्मक प्रचार गर्नेहरु स्वतः पराजित हुने उहाँको भनाई छ ।
ढिलै भएपनि सापकोटाले गल्ती स्वीकार गरेको भन्दै अधिकारीले स्वतन्त्र पत्रकारितामा आफु सधै क्रियाशिल हुने बताउनुभयो ।

तपाईंको बिचार