Friday, April 28, 2017  |    

आलोचना र आत्मलोचना दुबै अप्रिय लाग्नेहरुको भिड बढेछ :सुजन लामिछाने

प्रकाशित मिति: 2016/12/29

पौष १४, काठमाण्डौ । पर्यटनमा बिकासे संस्थाको संख्या बृद्धि हुँदा तिनमा राजनीति प्रवेश हुँदै गर्दा हैकमबादको जन्म हुने रहेछ । पर्यटनमा व्यावसायी र व्यावसायिक संघसंगठन बढिरहँदा तिनीहरुको कार्यक्षेत्र भने राजनीतिले झनझन संकुचित बनाएको आभास हुन्छ, आत्मआलोचना गर्ने प्रबृत्ति र ठालुपननै समस्याको जड हो जस्तो लाग्छ, ठमेल चाक्सीबारीमा भेटिएका अल्पाईन क्लब अफ हिमालयका सञ्चालक सुजन लामिछाने यसै भन्दै थिए ।

बिदेशी रहनसहन र शिक्षा संस्कृतिको संगमस्थल भएपनि ठमेलको ढल समस्या समाधान नभएकोमा चिन्ता लाग्छ, समस्या समाधानमा नगरपालिका र ठमेलको बिकासमा खोलिएका बिकास परिषद लगायतका संस्थाको काम देखेरै पनि टिठ लाग्दो छ । एउटै समस्या बर्षौबर्ष सम्म राजनीति गर्ने भाँडो बन्दो रहेछ, हजुर– उनी यसै भन्दै थिए ।
ठमेलको ढल समस्यामा बर्षौसम्म मुखदर्शक भएर बस्ने ठमेलबासीको परिपाटीले आवाज उठाउनेहरुलाई पनि निशानामा पारिदो रहेछ ।
केही दिनअघिमात्रै ठमेलमा ढल फुटेर उत्पात मच्चाएपछि आफुले ठमेलको बास्तबिक समस्यामा सरोकारवालाहरुको ध्यान गएन भन्ने तवरले फेसबुकमा ढलको फोटो अपलोड गरेकै कारण एकजना ठमेल बिकास परिषद् सम्बद्धले साथीको सुचीबाटै हटाएछन । 
हरेक कुरामा राजनीति देख्नेहरुलाई हरेक बिषय भारी पर्दा रहेछन । उनी यसै भन्दै थिए– आलोचना र आत्मलोचना दुबै अप्रिय लाग्नेहरुको भिड बढेछ हजुर, यस्तै... यस्तैं...
प्रसंगबस व्यावसायिक संस्थाको कुरा उठ्दै गर्दा टानको कार्यशैली समेत उनलाई खास मन परेको रहेनछ । केही दिन अघि साधारणसभामा सहभागि हुँदै गर्दा टान नेतृत्व रिजाल र मञ्चमा बसेका अन्य व्यावसायीबिचको बिबाद हेर्दा लाग्दैनथ्यो, टानले ट्रेकिङ व्यावसायीको हकहितमा काम गरिरहेको छ । व्यावसायीबिचको अबिश्वास र आन्तरीक द्धन्दको स्थीति आफैमा घातक हो । टानमात्रै होईन अन्य जुनसुकै संस्थामा समस्याको जड राजनीतिमा रहेको उनको ठम्याई रहेछ ।
जे उदेश्यका लागि खोलिएका हुन, त्यसैमा केन्द्रित भैदिए समस्या आउने नै थिएन  ।
राजनीति गर्ने नै भए कुनै एक पार्टी रोजे त भैगयो नि, उनको सुझाब थियो ।
ठमेलको चाक्सीबारी मार्गमा अल्पाईन क्लब अफ हिमालय ट्रेकिङ र अल्पाईन होटल सञ्चालन गर्दै आईरहेका लामिछाने बास्तबमै व्यावसायप्रति कटिबद्ध छन । सानै उमेरमा उनले पाएको सफलता लोभलाग्दो छ ।
२०४० सालमा गोरखाको नामजुङमा जन्मिएका लामिछाने २०५७ ताका एसएलसी दिएर काठमाण्डौ प्रवेश गरेका थिए ।
पढाई र काम सँगसँगै लैजाने योजना अनुरुप ठमेलमा उनका काका नाता पर्ने व्याक्तिले होटल ईनकाउन्टरमा एकाउण्टेन्टमा उनलाई जागिर लगाईदिएका थिए ।
उतिबेलाका ईनकाउन्टर होटलकै सञ्चालक सागर पाण्डेसँग मिलेर सन २०१० ताका ज्याठामा पिक पोईन्ट नामक होटल संयुक्त रुपमा खोलेपछि केहीपछि आफुले एकल लगानीमा उक्त होटल सञ्चालन गरेको उनले  बताए ।
सन २०१३ मा ज्याठामा काठमाण्डौ होम र २०१४ बाट अल्पाईन होटल आजका दिनसम्म पनि उनको जारी छ । छिट्टै लुम्बीनीमा सुबिधा सम्पन्न होटल खोल्ने तयारीमा रहेको समेत उनले सुनाए ।
निकै स्फुर्तिका साथ स्पष्ट बक्ताका रुपमा देखिएका लामिछाने पर्यटक व्यावसायीहरुमाझ पनि उत्तिकै लोकप्रिय छन ।
समस्या समाधान हुनकै लागि सिर्जना हुने भएकाले कोशिस जारी राख्नुपर्ने उनको बुझाई छ । आफुले गरेको कर्मकै फल प्राप्त गरेको छु, उनले भने । यद्यपी संस्थामा राजनीतिलाई ईन्कार गर्नुपर्नेतर्फ उनको जोड छ । 

 

तपाईंको बिचार