Sunday, March 26, 2017  |    

टान नेतृत्व र टिम्स सपना

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३८ औ वार्षिक साधारणसभा चलिरहँदा अध्यक्ष चन्द्र रिजालले बढो गर्बका साथ टिम्स रकम भित्र्याउने घोषणा गरेका भएपनि अन्ततः उक्त हल्ला निराधार साबित भएको छ । अघिल्लो रमेश धमला कार्यसमितीले खातामा छोडेर गएको १ करोड ४० लाख रुपैयाँ सकेर ३ करोड ऋणको यात्रामा रिजाल नेतृत्व दौडिरहेको छ । गत शुक्रबार होटल 

र्याडिसनमा सम्पन्न साधारणसभामा टिम्सको रकम नेपाल पर्यटन बोर्डले टानलाई दिने भयो भन्दै रिजालले नेतृत्वको सफलताको हवाला दिदै ताली थापेका थिए । कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा पुगेको टानले हचुवाको भरमा रु ३९ करोडको बजेट सार्वजनिक गर्नु अत्यन्तै हास्यास्पद र गैरजिम्मेवारीपूर्ण घोषणा गरिएको टान सम्बद्ध व्यावसायीहरु बताउँछन् ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य घनेन्द्र श्रेष्ठले गन्तव्य नेपालसँग कुराकानी गर्दै टानको खातामा टिम्सबापतको रकम सम्बन्धमा कुनै निर्णय नभएको बताउँदै तत्काल टानलाई रकम निकासा गर्ने स्थिति नरहेको बताउनुभयो ।

टानले बिगतको हिसाब नै फछ्र्यौट नगरेको अवस्थामा रकम दिने कुरा टाढाको बिषय भएको उहाँको भनाइ छ । उहाँले टिम्सको रकम राज्यको धन भएकाले पर्यटकीय अरु संस्थाहरुसँगको कार्यक्रमिक सहकार्य जस्तै टानसँग पनि हुनसक्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डसम्बद्ध एक कर्मचारीले गन्तव्य नेपालसँग कुराकानी गर्दै टानले विगतको करोडौं रकमको फछ्र्यौट त परै जाओस्, टान कार्यसमितिलाई धरौटी राखेर पछिल्लो समय लिएको एक करोड ८८ लाख ५० हजार रुपैयाँको समेत फर्छौट पर्यटन बोर्डलाई बुझाउन नसकेको बताउनुभयो । नाम गोप्य राख्ने शर्तमा उहाँले टानले उद्देश्य भन्दा बाहिर गएर अनावश्यक खर्च गरेकाले राज्यको धन अब त्यसरी टानमा जान सक्तैन भन्नुभयो । नेपाल पर्यटन बोर्डको तीनवटै बैठकमा टानले सम्पूर्ण हरहिसावको पर्छौट नगरेसम्म रकम दिने विषय सोच्न पनि नसकिने भन्दै उहाँले टिम्सको रकम टानमा जाँदैछ भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

१५ महिनामा टानमा थपियो तीन करोड ऋण

चन्द्र रिजाल नेतृत्वको कार्यसमितिले ट्ेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कार्यभार सम्हालेको १५ महिनामा टानमा रु तीन करोड ऋण थपिएको छ । टानबाट प्राप्त स्रोतका अनुसार अघिल्लो रमेश धमला कार्यसमितिले टानको कोषमा १ करोड ४० लाख रुपैयाँ नाफा छोडेर गएको थियो । तर १५ महिने यस अवधिमा त्यो रकम समेत सकिएर रु तीन करोड ऋण थप भएको छ । जसको कारण अहिले टानले गर्नुपर्ने पदयात्रा पर्यटन प्रवद्र्धन र नयाँ गन्तव्य पहिचान गर्ने कार्य प्रायः शून्य छ ।

स्रोतका अनुसार अमेरिकामा आयोजना गरिएको ट्रेड फेयरमा रु १८ लाख, ल्होसारमा रु १३ लाख र लाङटाङ म्याराथनमा १४ लाख रुपैयाँ घाटा देखिएको छ । त्यस्तै फार्म टुरका नाममा केही व्यवसायी र पत्रकारलाई आफ्नो गाउँ घुमाएर महासचिवले सम्पूर्ण खर्च विवरण टानमा बुझाएको देखिएको छ ।  यसका साथै अध्यक्षले वार्षिक रुपमा एक जना पर्यटक पनि नपुग्ने धादिङको एक गाउँमा पर्यटन प्रवद्र्धनको नाउँमा १ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको देखिएको छ । नेपालको पदयात्रा पर्यटनको प्रवद्र्धन र व्यवसायीका हकहितका लागि काम गर्न भन्दै स्थापित टानमा संकलित रकम पछिल्लो समय अनुपयुक्त काममा खर्च हुन थालेपनि सदस्यहरु रुष्ट देखिएका छन् । 

नेतृत्वको चर्को विरोध
टानमा हाल १५ सय सदस्य संख्या रहेकोमा वार्षिक सदस्यले बुझाउने रु ५ हजारका दरले रु ७५ लाख टान खातामा जम्मा हुन्छ । यद्यपि अघिल्लो रमेश धमला कार्यसमितीले नाफामै हिँडाएको संस्था त्यसमाथिको बचत रित्याएर रु ३ करोड ऋण थपिनु लज्जास्पद हो । वर्तमान अवस्थामा टानको कार्यालय रहेको भवन बेच्दासमेत ऋण तिर्न नसक्ने अवस्था आएको स्वयम व्यवसायीहरु बताउँछन् । टानको घाटा पूर्ति सम्बन्धमा रोकिएको भनिएको टिम्स रकम पनि पर्यटन बोर्डसँग बसेर लेखापरीक्षण र पछ्र्यौट नगरी तत्काल आउने स्थिति देखिदैन । यसमा टान नेतृत्वका हिसाबले अध्यक्ष चन्द्र रिजालले अग्रश्सरता देखाउनु जरुरी देखिएको छ । यद्यपि संस्थामा राजनीति हाबी बन्दै गर्दा र सीमित कार्यसमितिको घेराभित्र बसेर गैरव्यावसायिक क्षेत्रमा लगानी गर्दै हिड्ने प्रबृत्तिले कहस्ँ नपुर्याउने निश्चित छ । साधारणसभा चल्दै गर्दा सदस्यहरुको असन्तुष्टी सतहमै देखिएको अवस्थाले पनि टानको कार्यदिशामाथि प्रश्न उठाउन सकिन्छ । 

साधारणसभाका क्रममा टान सम्बद्ध अधिकांश सदस्यले टानको नेतृत्व सम्हालेका अध्यक्ष चन्द्र रिजालले आफुखुसी निर्णय गर्दै जथाभावी हिसाबमा संस्था चलाएको, संस्थालाई गतिहिन बनाएको, टानलाई आर्थिक व्ययभार बढाएको र आफ्नो नेतृत्वको बचाउको लागि विभिन्न ठाउँमा पत्रकारहरुको नाममा भोजभतेर गरेर संस्थालाई इतिहासमै कंकाल बनाएको भन्दै सदस्यहरुले कडा आपत्ति जनाएपछि टान नेतृत्व निरीह बनेको थियो ।

सदस्यहरुको आपत्तिपछि अध्यक्ष रिजालले आक्रोशित रुपमा बोल्ने कोशिष गर्दा टान सम्बद्ध व्यावसायीहरुले हुटिङ गरेपछि रिजाल मथ्थर भएका थिए । संस्था चलाउने क्रममा कमीकमजोरी भएको भएको स्वीकार्दै अध्यक्ष रिजालले आगामी दिनमा सबै कार्यसमिती सदस्यसँग सामुहिक छलफल गरी अघि बढ्ने बताएका थिए ।

तपाईंको बिचार