Sunday, March 26, 2017  |    

उत्पात्तै नगरे पनि व्यावसायीको आस्थाको केन्द्र बन्ने छु

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपाल(सोट्टो)का नवनिर्वाचित अध्यक्ष अनिल लामाले सोट्टो व्यावसायीको हकहितको केन्द्र बन्ने बाटोमा अघि बढीसकेको बताएका छन । 

एकसाता अघि मात्रै अध्यक्षमा निर्वाचित भएपनि यसबिचमा धेरै साथीहरुले आफुप्रति शुभेच्छा राखेको भन्दै आफु अध्यक्षको कुर्सीमा बसेर कार्यकाल बिताउन आएको नभई व्यावसायीका पिर मर्का तत्काल समाधानको बाटो पहिल्याउने गरी अगाडि बढ्ने बताउनुभयो ।

पर्यटकीय हकहितका लागि धेरै संस्था स्थापना भएपनि ट्राभल, ट्रेकिङ सँग सम्बन्धीत धेरै समस्या ज्यूँका त्यूही रहनुले समस्या समाधान हुन नसकेकाले सोट्टोको भुमिका अरुभन्दा बढि भएको समेत बताउनुभयो ।
आफु हिजोका दिनमा समेत उपाध्यक्ष, महासचिवका रुपमा कार्यसमितीभित्रै रहेर काम गर्दैगर्दा संस्थाका निती र कार्यदिशाहरुबारे जानकार रहेको भन्दै आफुले हिजोका दिनमा उठाएका अबैध गाईड निराकरण, संस्था नविकरणसँग सम्बन्धीत प्रावधानमा हेरफेर तथा पर्यटनमा रहेका जटिल नियमावलीलाई सुधार गर्दै व्यावसायीको आस्थाको केन्द्र बन्नेमा आफु लागिपरेको बताउनुभयो । संस्थामा राजनीति भित्रीदा पर्यटकीय संस्थाहरु धरासायी बन्दै गएको प्रति आफु सचेत रहेको भन्दै लामाले आफुले व्यावसायीको सानाभन्दा साना समस्यालाई व्यावहारिक रुपमा निराकरणमा लागेको बताउनुभयो । काम भन्दा ठुला कुराको पछि लाग्ने धेरै पर्यटकीय संस्थाको नेतृत्वका कारण पर्यटन क्षेत्र आलोचित बन्ने स्थीति आउनेतर्फ सबै सचेत हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

तपाईंको बिचार