Monday, November 20, 2017

बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स(नारा)ले आफ्नो २८ औं बार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार ठमेलको त्रिबेणीमार्गमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ११४ जना सहभागी भएकोमा ७२ जनाले रक्तदान गरेका थिए । अन्य रगत दिन ईच्छुक भएपनि शारिरीक अवस्थाका कारण अयोग्य भएका थिए ।
सधै पर्यटन र खोला किनारको प्रवद्र्धन मात्र नभई समाजप्रतिको उत्तरदायित्वमा समेत व्यावसायीहरु सामेल हुनुपर्ने भावना जगाउन रक्तदान कार्यक्रम आयोजना गरिएको नारा अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।
संकलित रगत रेडक्रसलाई हस्तान्तरण गरिने बताउनुभयो । 

तपाईंको बिचार