Sunday, May 28, 2017  |    

हरीयो प्लेट नामेट पारेर सिण्डीकेटलाई पोस्न मिल्दैन

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । सरकारले हरियो नम्बर प्लेटका सवारी साधनको अस्तीत्व नामेट पार्ने गरी संसोधन प्रश्ताब अगाडि बढाउने कोशिस गरेको भन्दै पोखरा यातायात व्यावसायी संघले आपत्ति जनाएको छ ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै संघका अध्यक्ष बबरजंग गुरुङले बर्षौदेखी पर्यटकहरुमाझ लोकप्रिय रहँदै आएको र स्थापित सवारी साधनलाई कमजोर बनाई सार्वजनिक सवारी सरहको बनाउन खोजेको प्रति आपत्ति जनाउनुभयो । यसले पर्यटक सवारीको नाममा अन्य सवारीको सिण्डिीकेट मौलाउने समेत उहाँले बताउनु भयो ।

सरकारले गरेको जुनसुकै निर्णय मान्न आफुहरु बाध्य नहुने भन्दै गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँगको यसअघिको छलफलमा सार्वजनिक प्लेटमा रुपान्तरण गरिएकै अवस्थामा पनि हरीयो नम्बर प्लेटले यसअघि पाउँदै आएको सुबिधा पर्यटक सवारीलाई प्रदान गराउने बताएको भन्दै सरकारले उपयुक्त कदम चाल्नेमा आफु बिश्वस्त भएको बताउनुभयो ।

तपाईंको बिचार