Friday, October 20, 2017

भिटोफले धनगढीको भादा गाउँमा होमस्टे तालिम सञ्चालन गर्ने

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)ले कैलालीको धनगढीस्थीत भादा गाँउमा होमस्टे तालिम सञ्चालन गर्ने भएको छ ।

यही डिसेम्बर २९, ३०, ३१ गते हुने उक्त तालिम कार्यक्रममा त्यस वरपरका जिल्लाका १५ वटा होमेस्टेका सञ्चालकहरुमध्ये ४५ जनाको सहभागिता रहने भिटोफ नेपालका केन्द्रिय अध्यक्ष कमल सापकोटाले गन्तव्य नेपाललाई बताउनुभयो ।

बिशेषतः पर्यटन प्रवद्र्धन र होमस्टे सञ्चालनलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने बिषयमा केन्द्रित हुने उक्त तालिम कार्यक्रममा खाना व्यावस्थापन, सरसफाई र आर्थिक हिसाबकिताब कसरी सञ्चालन गर्ने भन्ने बिषयमा तालिम केन्द्रित रहने भिटोफले जनाएको छ ।

तालिममा सहभागिहरुलाई जनवरी १ तारिकका दिन भादामा हुने महोत्सवमा प्रमाणपत्र बितरण गरिने अध्यक्ष सापकोटाले बताउनुभयो ।

तपाईंको बिचार