Friday, April 28, 2017  |    

नयाँ वर्ष नजिकिएसँगै पोखरामा पर्यटकको चहलपहल

प्रकाशित मिति: 2016/12/30

पुस १५, पोखरा । पर्यटकीयस्थल पोखरा अङ्ग्रेजी नयाँ वर्ष (जनवरी १) नजिकिएसँगै पर्यटकको संख्या वृद्धि भएको छ ।

पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका पर्यटकीय स्थललगायत होटेल तथा रेष्टुरेन्टमा भरीभराउ भएका छन् । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या बढेको हो ।

तपाईंको बिचार