Sunday, November 19, 2017

छानीछानी लोकल भाले, घोर्ले खसी, र हाँस खाने मन छ ? सिलौटा जानुस

प्रकाशित मिति: 2016/12/30

पौष १५, काठमाण्डौ । के तपाई स्वादिष्ट गाँउले परिकारको स्वाद लिन चाहनुहुन्छ, लोकल भाले, लोकल खसी, हाँस छानीछानी रातो भाले आफ्नै हातले रोजेर खाने मन भए ठमेलको चाक्सीबारी जानुस ।

नयाँ बर्ष २०१७ को अबसरमा सिलौटा रेष्टुरेण्ट(नेपाली एण्ड कन्टिनेन्टल) फुडका बिषेश परिकारहरुको साथमा भोली पौष १६ गते शनिबार यसको औपचारिक उद्घाटन हुने भएको छ ।

सिलौटा गाँउघरमा मसला पिस्न प्रयोग गरिएझै ‘सिलौटा रेष्टुरेण्ट’ मा बिदेशीका अतिरिक्त बिशुद्ध रुपमा गाँउले स्वादका खानाका परिकार आफैले रोजेर उपभोग गर्न पाईने गरी सेवा सुरु गर्न लागिएको सञ्चालक रामचन्द्र गिरीले बताउनुभयो ।
ठमेल क्षेत्रमा सञ्चालित होटलमध्ये बिशुद्ध  रुपमा लोकल खाद्यपदार्थ लाई जोड दिईएको र गाँउघरबाट सिधै खसी, कुखुराको आयात गरिने भएकाले ‘मिनीखोर’का रुपमा आफ्नै हातले रोजेर खसी, हाँस, रातो भाले या अन्य जुनसुकै खानाका परिकार प्राप्त गर्न सकिने सोचका साथ सञ्चालनमा आएकाले पनि ग्राहकहरुले पुर्ण सन्तुष्टी पाउनेमा आफु पूर्ण आशाबादी भएको बताउनुभयो ।
भोली शनिबार बिहान ११ बजे औपचारिक उद्घाटन हुने उक्त रेष्टुरेण्टमा सहभागि भईदिनको लागि सम्पुर्ण पर्यटन व्यावसायी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुमा समेत उहाँले आग्रह गर्नुभयो ।
उद्घाटनका अवसरमा रेष्टुरेण्टमा उपलब्ध सबै खानाका परिकार निःशुल्क उपलब्ध हुने समेत उहाँले जानकारी दिनुभयो । रेष्टुरेण्टमा दर्जनौ गाडि अट्ने पर्याप्त पार्किङको समेत व्यावस्था रहेको छ ।

तपाईंको बिचार