Saturday, December 16, 2017

नेपालको आन्तरिक उडानलाई सुरक्षित बनाउन सरोकारवाला निकायलाई नाटोजको आग्रह

प्रकाशित मिति: 2016/12/31

काठमाडौं, १६ पौष । युरोपीयन सरकारले नेपाल पदयात्रा आउनेहरुलाई नेपालको आन्तरिक उडान  सुरक्षित नभएको भन्दै प्रयोग नगर्न निर्देशन दिएकोमा सरोकारवालाहरुले गम्भिर चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले पर्यटकीय संघ संस्थाहरु नाट्टा, टान, हान सहित नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालय लगायत अन्य सरोकारवाला निकायहरुलाई यस विषयमा गम्भिर बन्न आग्रह गरेको छ । नाटोजका अध्यक्ष शिव अधिकारीले यूरोपियन सरकारो यस्तो निर्देशनले नेपालको पर्यटनमा ठुलो असर पर्ने भन्दै सरकार यस सरकार र पर्यटकीय संघसंस्थाहरुले यसलाई गम्भिर रुपमा लिएर समस्याको हल गर्नुपर्ने बताए । भूकम्प र नाकाबन्द्यीले थलिएको नेपालको पर्यटन विस्तारै गति लिन थालेको अवस्थामा नेपाल सरकारले यूरोप सरकारको यो निर्देशनलाई गम्भिर रुपमा लिएर छिटै नेपाली आकाशमा यात्रा गर्न सुरक्षित छ भन्ने सन्देश यूरोपियन देशहरुमा पुर्याउन जरुरी रहेको उनले बताए । 

त्यस्तै ट्रेकिंग ब्यबसायी तथा नाटोजका केन्द्रीय सल्लाहकार छेतुप तामाङका अनुसार युरोपको ट्राभल एजेन्सीले नेपालको स्थानीय ट्रेकिंग कम्पनीलाई ग्रुप बेची केही गरी आन्तरिक बिमानमा दुर्घटना भएर मृत्यु भएको खण्डमा बिमाको रकम बाहेक युरोपको ट्राभल एजेन्सीले ६ मिलियन यूरो मृतकको परिवारलाई जरिवाना दिनु पर्ने कानून लागू भइसकेको छ । त्यही कारण यतिखेर यूरोपियन टूर ओप्रेटरहरुले नेपाल टूर तथा ट्रेक प्याकेज बेच्न छोडिसकेको अबस्था छ र दिन दिनै ग्रुप आगमन खस्किरहेको छ ।

नेपालको प्राय पदयात्रा क्षेत्रहरु आन्तरिक बिमान प्रयोग नगरी पुग्न सक्ने स्थिति छैन । 

तपाईंको बिचार