Tuesday, October 17, 2017

नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्रका होटलहरु भरिभराउ

प्रकाशित मिति: 2016/12/31

काठमाडौं, १६ पौष । नयाँ वर्ष सन् २०१७ को आगमनसँगै पर्यटकीय क्षेत्रका होटलहरु यतिबेला आन्तरक तथा बाह्य पर्यटकले भरिभराउ छन् । नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटकहरु ठुलो संख्यामा पोखरा र सौराह पुगेका छन् । जसको कारण सो क्षेत्रका सबै होटलहरु भरिभराउ भएका हनु ।

पोखराका पर्यटन व्यवसायीका अनुसार पोखराका होटलहरु यतिबेला पर्यटकले भरिभराउ छन् । गतवर्ष भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटक आगमन यसपटक केही सुधार भएको छ । व्यवसायीका अनुसार पोखराको लेकसाइड क्षेत्रमा मात्र साढे चार सय पर्यटकीय स्तरका होटलहरु छन् ।

त्यस्तै नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटकको संख्या बढाउन भन्दै रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ ९रेवान० पोखरा च्याप्टर पोखराले १८ औ पोखरा सडक महोत्सवको आयोजना गरेको छ । त्यस्तै अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि हात्ती महोत्सवको आयोजना गरिएको छ ।

व्यवसायीहरुका अनुसार पछिल्लो समय पर्यटक आगमनमा भएको बृद्धिसँगै पर्यटकीय क्षेत्रमा लगानी समेत बढेको छ । व्यवसायी शर्माका अनुसार पोखरामा मात्र यस वर्ष होटल क्षेत्रमा अवौंको लगानी भएको छ ।

तपाईंको बिचार