Friday, August 18, 2017  |    

होटल क्षेत्रका एक सफल योजनाकार :राममणि सापकोटा

प्रकाशित मिति: 2017/01/03

पौष १९, काठमाण्डौ । सिर्जनसिलता र लगनसिलताले नै जिबनमा सफलताको बाटो देखाउने रहेछ । सफलताको थोरबहुत अनुभव गरेकै छु, सन्तुष्टै छु, युवा पर्यटन व्यावसायी राममणि सापकोटाको अनुभव हो यो ।

ठमेलमा अवस्थीत ट्रुली एसिया बुटीक होटल र हिमालयन रक ट्रेक्स एण्ड एक्स्पिडीसनका सञ्चालक हुन राममणि सापकोटा ।
दुई दशक यता नेपाली पर्यटन बजारमा उनको ठुलै हल्लीखल्ली छ । नयाँ सोच र जाँगरका साथ उनको व्यावसायिक दक्षता ठमेल क्षेत्रमा स्थापित भईरहँदा उनकै डिजाईनमा ठमेल, बौद्ध लगायत उपत्यका बाहिर लुम्बिनीमा पनि थुप्रै होटलहरु सञ्चालित छन । यसअर्थमा उनी होटल क्षेत्रका एक सफल योजनाकारका रुपमा समेत चिनीएका छन ।
काभ्रेको महादेबस्थानमा २०३३ सालमा जन्मिएका सापकोटा २०५१ ताका काठमाण्डौ प्रवेश गरेका थिए रे ।
एसएलसी पछिको अध्ययन र त्यसपछिको करियर बिकासको होडमा ठमेलको एक होटलमा रात्रीकालिन रिसेप्सनको काम गर्दै सुरु भएको थियो, राममणिको पर्यटन यात्रा ।
व्याक्तिगत क्षमता छ, भने सबै संभव हुने रहेछ, त्यसपछाडीका दिनमा ठमेलका प्रतिष्ठीत ठानिएका होटलहरुका म्यानेजर, कार्यकारी प्रमुखका रुपमा समेत उनको करियर दौडिन पुग्यो ।
सन २००४ मा हिमालयन रक ट्रेक्स र २०१४ बाट होटल ट्रुली उनलाई चिनाउने ब्राण्डको रुपमा स्थापित छ ।
अन्य क्षेत्र जस्तै पर्यटन व्यावसायीहरुमा पनि राजनीतिको बढ्दो प्रभाब देखिन थालेको उनको अनुभब छ ।
आफु राजनीति प्रति जानकार भएपनि व्यावसायिक जिबनमा यसको प्रयोग उपयुक्त नहुने उनको ठम्याई छ ।
भन्छन, व्यावसायीको काम व्यावसाय गर्ने हो, राजनीति व्यावसायमा नमिसिएकै राम्रो  ।

तपाईंको बिचार