Monday, December 11, 2017

नयाँ बर्षको अवसरमा नाटोजको भेटघाट कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2017/01/03

पौष १९, काठमाण्डौ । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)ले नयाँ बर्ष सन २०१७ को अवसरमा क्षेत्रपाटी ठमेलस्थीत टुरु्ली एसिया बुटीक होटलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाट कार्यक्रममा शुभकामना आदनप्रदान तथा पर्यटन क्षेत्रको समसामयिक बिषयमा छलफल समेत भएको थियो ।
कार्यक्रममा बोल्दै नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा मौलाउँदै गईरहेको केही संघसंस्थाको अनियमितता र हर्कतको भण्डाफोर गर्नुपर्ने बेला आएको भन्दै सबैले आआफ्नो तर्फबाट सुझबुझसहित समाचार प्रकाशनमा तिब्रता दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीले सशक्त पत्रकारितामा जोड दिदै सबै मिलेर मिसन पत्रकारितामा लाग्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा ३ दर्जन भन्दा बढि पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो । 

तपाईंको बिचार