Wednesday, August 23, 2017

पौष २८ देखि रसुवा महोत्सव हुने

प्रकाशित मिति: 2017/01/03

पौष १९, काठमाडौं । स्थानीय महिला संजाल र उद्योग वाणिज्य संघ रसुवाको आयोजना तथा रसुवा–नुवाकोट पर्यटन समाजको सह–आयोजनामा रसुवा र नुवाकोटको सिमा क्षेत्र भोकेटारमा रसुवा महोत्सवको आयोजना गरिएको छ । महोत्सव पौष २८ देखि माघ ९ गते सम्म संचालन हुने छ । 

उक्त महोत्सवले आन्तरिक उत्पादन र कला संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण भूमिका खेल्ने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । महोत्सवमा रसुवा र नुवाकोट दुबै जिल्लाका उत्पादित स्थानीय उत्पादन प्रर्दशनीमा राखिने छ, भने स्थानीय कला संस्कृति प्रर्दशनीमा राखिने हुदाँ पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने उहाँले बताउनुभयो । माघ १ गते सोही बेत्राबती क्षेत्रमा गोरु जुघाई महोत्सव समेत आयोजना गरिने हुँदा यसले पर्यटन प्रर्वद्धनमा थप सघाउ पुग्ने विश्वास लिइएको छ । 

 

तपाईंको बिचार