Wednesday, May 24, 2017  |    

तत्कालिकन समस्या समाधानका लागि पर्वतारोहीहरुलाई स्वास्थ तालिम

प्रकाशित मिति: 2017/01/04
  • सैलेश लोप्चन 

पुस २०, भक्तपुर । उच्च हिमाली  तथा पहाडी कामदार सहयो संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक  शाखा द्दारा नगरकोटमा ३ दिने  प्राथमिक उपचार तालिम संचालन भैरहेको छ। उक्त तालीममा माउन्टेन गाइड तथा पर्यटक गाइडहरुको  आवश्कता र रुचिलाई आत्मसात गरेर उक्त तालीमको आयोजना गरेको आयोजकका एक सदस्यले बताए ।

पर्यटनसंग सम्बन्धित भएर काम गर्ने क्राममा आइपर्ने तत्कालिकन समस्याहरुलाई समाधान गर्न सकिने यो तालिमको विशेषता रहेको जनाएको छ। उक्त तालिममा लगभग ५०जना प्रशिक्षार्थीहरु सहभागी रहेको जनाएको छ। तालिम नगरकोटको रत्नगिरी  रिसोर्टमा  पौष १८ गते देखी  सुरु भएको जनाएको छ भने  यो तालिम तीनसम्म चल्ने छ । 
उक्त तालीम आयोजना गर्न प्रशिक्षार्थीहरुद्वारा ७० प्रतिशत शुल्क उठाइएको र बाँकी ३० प्रतिशत लगत उच्च हिमाली तथा पहाडी कामदार सहयोगसंघ र भक्तपुर रेडक्रस सोसाइटी शाखाद्दारा प्रायोजक गरिएको बताएको छ।
      मुलुकको अर्थिक बिकासको लागि पर्यटन भनिरहेका बेलामा यो संस्थाले पर्यटन संघ सम्बन्धित रहेर काम गर्ने युवाहरुलाई बिना कुनै असहज  सेवा गर्न सकुन् र  आइपर्ने अप्ठ्यारा परिस्थितिलाई सहजीकरण गर्न  मद्दत पुगोस् भन्ने हेतुले यो तालीमको आयोजना गरेको जनाइएको छ ।
तालीममा लामो समय सम्बन्धित  क्षेत्रमा संलग्न व्यक्तित्वहरु र केही विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण दिइरहेको जनाएको छ।

तपाईंको बिचार