Tuesday, April 25, 2017  |    

नुवाकोट सिक्रेका तमुले मनाए धुमधामका साथ ल्होसार

प्रकाशित मिति: 2017/01/05

पौष २१, काठमाण्डौ । काठमाडौंबाट नजिक भएरपनि कुनै पनि सुविधा नपुगेको नुवाकोटको दुर्गम गा०वि०स सिक्रेका वासिन्दाले यसपाला वाँदर वर्ष सक्किएर चरा वर्ष सुरु भएको उपलक्षमा तमु ल्होसार आफ्नै गाउँमा धुमधामका साथ मनाए । 

समाजसेवि तथा पर्यटन व्यवसायि श्री इश्वर तमु गुरुङ्गको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्थानिय बासिन्दाका साथै कामको सिलशीलामा राजधानीमा रहेका सिक्रेवासिहरुको पनि बाक्लो उपस्थिति थियो ।
गतबर्षको महाभुकम्पले सिक्रेमा कुनैघर सद्धे छैन । जताततै गाउँलेहरु टिनको टहरो हालेर वसेका छन् । घर भत्किए पनि सिक्रेबासिको मन भत्किएको छैन भन्ने प्रमाण हो यो । पहिलो पटक गाउँमै मनाइएको ल्होसारको रमाइलो कार्यक्रम ।
       पर्यटकहरुका लागि रमाइलो गन्तव्य वन्न सक्ने वलियो आधार भएको यो गाउँबाट गणेश हिमालको मनमोहक दृष्य देखिन्छ । गाउँमा केहि सुविधाहरु थपेर गाउँलेलाई घरबास कार्यक्रम चलाउने प्रोत्साहन गर्न सके गाउँलेको आम्दानीको आधार तयार हुनाका साथै देशको लागि विदेशी मुद्राको सहज श्रोत समेत वन्न सक्छ ।

तपाईंको बिचार