Sunday, August 20, 2017  |    

पारिवारिक आनन्दको परिचायक पोखराको ईन्फीनिटी रिर्सोट

प्रकाशित मिति: 2017/01/09

पौष २५, काठमाण्डौ । बिदेशमा आर्जन गरेको ज्ञान स्वदेशी भुमिमा प्रयोग गरेको छु । जुनसुकै क्षेत्रमा आर्जित अनुभवलाई जिबनमा रुपान्तरण गर्न सके सफलता प्राप्त गर्न सकिने रहेछ । सोच, अध्ययन र गरको सिद्धान्त नै जिबनको सफलताको कडी हो भन्दा हुन्छ । जिबनको बुझाई यही हो हजुर, यसै भन्दै थिए, बिनोद तिमील्सीना । घर पोखरा उपमहानगरपालिका वडा न. २६, सेदी हाईट ।

३३ बर्षे तिमिल्सीनाको आजको व्यावसायिक जिबन बिदेशमा श्रम गर्दागर्दै कोरिएको थियो । गाँउमै एसएलसी पश्चात केही समयको अन्तरालपछि उनी बैदेशिक रोजगारीका सिलसिलामा ओमान गएका थिए । सात जनाको तिमिल्सीना परिवारमा उनी जेठो छोरा हुन । आर्थिक अवस्था ठिकै थियो । यद्यपी सफलताको बाटो हिड्नु थियो नै, बाटो खोज्न बिदेशी भुमिमा हानिए ।
बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष ओमानमा बस्दै गर्दा उनी होटलको म्यानेजर समेत भए । कामले अनुभव दिएकै थियो, आर्थिक पनि मजबुत भयो । 
नेपाल फर्केर होटलमै स्थापित हुने सोच आयो तिमिल्सीनामा । गाँउ फर्किए, बाबाले जोडिदिएकै १२ रोपनी जग्गामा करिब ३५ करोड लागतमा ईन्फिनीटी रिर्सोट प्रालि स्थापना गरे ।
पोखरा उपमहानगरपालिकाको वडा नम्बर २६, सेदी हाईटमा अवस्थीत उक्त रिर्सोटको डिजाईन बिदेशी शैलीमा गरिएको छ ।
साँढे तिन तल्लाको कौसिमा सुर्योदय र सुर्यास्तको अनुपम अनुभुति हुदै गर्दा रिर्सोटको अगाडिको किनारमा फेवा तालको गहिराईसँगै आफ्नै आकृति छलल्कीरहेको हुन्छ ।
सुबिधा सम्पन्न २२ वटा डिलक्स र २ वटा स्विट फेमलीको लागि गरी कुल २४ वटा कोठा रहेको छ ।
स्वीमिङको मज्जा लिदै हरीयाली गार्डेन र कन्फ्रेन्स हल, रेष्टुरेण्ट तथा पार्किङको समेत यथेष्ठ सुबिधा रहेको छ ।
अगाडिपट्टिको फेवा ताल, वरीपरी ग्रिन जोनका साथमा शान्त सिरसिर हावामा आफुले चाहेका सबै परिकार उपलब्ध हुने उक्त रिर्सोटमा पुग्ने जोकोहीले अनुभव गर्ने चिज भनेको ‘गुड किपिङ’ र गुड हस्पीटालीटी नै हो । आखिर जे छ, सबै बिदेशी फर्मुलाको प्रयोग भएकै कारणले पनि हुन सक्छ । पारिवारिक बातावरण नै ‘ईन्फीनिटीको पहिचान हो ।
पोखरा पुग्ने अधिकांश स्वदेशी तथा बिदेशी पर्यटकहरुमाझ लोकप्रिय उक्त रिर्सोटमा पर्यटकहरुको उत्तिकै भिड लाग्ने गरेको छ ।
आखिर शान्तपनको आभास खोज्नेहरुका लागि ईन्फीनिटीको बिकल्प नभएको सञ्चालक बिनोद तिमिल्सीना बताउँछन । रिर्सोटको सेवामा आगन्तुकहरु सबै सन्तुष्ट छन, यसैमा खुसी छु , उनले भने ।

 

तपाईंको बिचार