Sunday, December 17, 2017

तारुकामा माघेसंक्रान्तिमा हुने गोरु जुधाई प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

प्रकाशित मिति: 2017/01/09

पौष २५, काठमाण्डौ । नुवाकोटको तारुकामा माघेसंक्रान्तीको अवसरमा सञ्चालन हुने गोरुजुधाईको प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ ।

तारुका र यस आसपासमा पालिएका गोरुहरुलाई प्रतियोगितामा सहभागि गराईने माघेसंक्रान्ति गोरुजुधाई संरक्षण समितीका अध्यक्ष दिपेश शाक्यले बताउनुभयो ।
तत्कालिन बझाङी राजा जय पृथ्बी बहादुर सिंह तारुकामा आफ्नो पुर्खौली जग्गाको कुत उठाउन जाने गरेको र जग्गा कमाउने मोहीहरुले आफ्नो साहु सिंहलाई खुसी बनाउन गोरुजुधाएर मनोरञ्जन गराएको भन्ने किबंदन्तीका आधारमा उक्त प्रतियोगिता चलिआएको हो । बि.सं १९८७ बाट त्यसैको सिको गर्दै प्रत्येक माघेसंक्रान्तिका दिन सुरुका दिनमा नुवाकोटका बिभिन्न भागमा गोरुजुधाई खेल सुरु भएको थियो ।
२०६२ सालबाट भने नुवाकोटको तारुका गाबिस स्थीत चन्दनीको कटरबोट पाखोमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ ।
यसपाली पनि तारुका आसपासका कृषकहरुका १८ हल गोरुबिच प्रतिष्पर्धा गराईने आयोजक संस्थाका अध्यक्ष शाक्यले बताउनुभयो । ईच्छुकहरुले जुनसुकै स्थानबाट पनि सहभागि हुन चाहेमा संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । प्रतियोगितामा सहभागि सबै गोरुधनीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
माघेसंक्रान्तिको दिन बिहान साँढे १० बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न छिमेकी जिल्लाहरुका साथै सुदुरपूर्व र पश्चिमबाट समेत मानिसहरु सहभागि हुने गरेका छन । प्रतियोगिता हेर्न बिदेशी नागरिकहरु समेत सहभागि हुने गरेका छन ।
काठमाण्डौको नयाँ बसपार्कबाट कलंकी, गल्छी त्रिशुली हुँदै तारुकाघाटमा ओर्लेर झोलुंगेपुल तरेपछि चन्दनीको कटरबोटेमा सञ्चालित प्रतियोगिता स्थलमा पुग्न सकिनेछ । काठमाण्डौबाट प्रतियोगिता स्थल तारुकाको चन्दनीको दुरी ३ घण्टा समय लाग्नेछ ।
हवाई यातायातबाट भने चार्टर गरेर मात्र पुग्न सकिन्छ । बिमानस्थल सुबिधा छैन ।
गोरुजुधाई प्रतियोगिता सम्बन्धमा भैरहेका तयारीबारे जानकारी दिन आयोजकले मंगलबार भृकुटीमण्डपमा ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको अध्यक्ष शाक्यले बताउनुभयो ।

तपाईंको बिचार