Wednesday, June 28, 2017  |    

गाँउ पर्यटन प्रवद्र्धनमा भिटोफको सक्रियता

प्रकाशित मिति: 2017/01/11

पौष २७, काठमाडौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले ग्रामिण पर्यटन प्रबर्धनको लागि छलफललाई तिब्रता दिएको छ । ग्रामिण पर्यटनको लागि स्थापित प्रसिद्ध संस्था भिटोफले अनुभवी, भिटोफमा योगदान पुर्याएका तथा विज्ञहरुको टोली संलग्न ‘विशेष समिति’ले छलफल गरेको छ ।

सोमबार राजधानीको ठमेल स्थित होटल ‘काठमान्डु गार्डेन होममा’ भएको छलफलले विशेष समितिले भिटोफका पदाधिकारसिँग विभिन्न विषयमा छलफल गरेको छ । यस अघि नै निर्माण भएको ९ सदस्यिय कार्य समितीले सोमबार विशेष छलफल गरेको हो ।
भिटोफका अध्यक्ष राम सापकोटा कमलका अनुसार विशेष समितिमा बरिष्ठ पर्यटन व्यवसायीहरु छन् । छलफलमा सहभागीहरुले ग्रामिण पर्यटन प्रवद्र्धनमा भिटोफले खेलेको भूमिकाको सराहाना गर्दै आगामी दिनमा जस्तो सुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बचनबद्धता जनाएका थिए ।
भिटोफ नेपालका अध्यक्ष राम सापकोटा कमलले अबको पर्यटन ग्रामिण क्षेत्रको अधिपत्यमा निहित हुन पुगेको र ग्रामिण पर्यटनलाई प्राथामिकता दिनुपर्नेमा जोड दिनुभयो । विशेष समितिमा अनुभवि तथा बरिष्ठ पर्यटन व्यावसायीहरु सम्बद्ध ९ सदस्यीय समिति रहने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

 

 

तपाईंको बिचार