Sunday, May 28, 2017  |    

फेवाताल संरक्षणका लागि दोब्बर बजेट वृद्धि

प्रकाशित मिति: 2017/01/13

पुस २९, पोखरा । पोखरा उपमहानगरपालिकाले फेवाताल संरक्षणको लागि छुट्याउदै आएको वजेटमा बृद्धि गरेको छ । उपमहानगरपालिकाको २१ औं नगरपरिषद् मार्फत आगामी आर्थिक बर्षको लागि प्रस्तावित वजेट, नीति तथा कार्यक्रम अन्तर्गत फेवाताल संरक्षणका लागि १ करोड वजेट प्रस्ताव गरिएको छ ।

यसअघि ताल संरक्षण शिर्षकमा ५० लाख वजेट विनियाजन गरिएको थियो । फेवाताल पोखराको गहना हो यसको संरक्षण उपमहानगरपालिकाको लागि चुनौती वन्दै गइरहेको छ ।  

फेवाताल संरक्षण सम्वद्र्धनमा निजि संस्थासंग सहकार्य गर्ने र फुट ट्रयाक वरिपरिका अतिक्रमण हटाइने भएको छ । ताल किनारको जग्गा अधिकरण गर्नुपर्ने देखिएकोमा नेपाल सरकारसंग अनुरोध गर्ने नीति नगरपालिकाले अघि सारेको छ । हर्पन खोलामा चेक ड्याम निर्माण हुने भएको छ । नगर क्षेत्रमा मापदण्ड विपरित निर्माण भएका संरचनाहरुको लगत संकलन गर्ने र सिंचाई तथा सडक कार्यालयसंग समन्वय गरी कुलो एबं सडक अतिक्रमण विरुद्ध संकेत चिन्ह लगाउदै संरचना हटाउने अभियान संचालन हुने भएको छ । 

नगरक्षेत्र भित्रका सामाजिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा विशेष पहल गर्दै पर्यटन प्रवद्र्धन विशेष कार्यक्रममा संचालन गर्ने र दुरसञ्चार प्राधिकरणसँगको समन्वयमा लेकसाइड विशेष क्षेत्रलाई फ्रि वाईफाई जोनको रुपमा विकास गर्ने नगरपालिकाको नीति छ ।

तपाईंको बिचार