Thursday, March 23, 2017  |    

तारुकामा १२ औ गोरुजुधाई मेला भव्यताका साथ सम्पन्न/हजारौ सहभागि

प्रकाशित मिति: 2017/01/15

माघ २, नुवाकोट । नुवाकोटको तारुकामा प्रत्येक बर्ष माघेसंक्रान्तिको अवसरमा मनाईदै आएको गोरु जुधाईदै मेला यसबर्ष पनि निकै उल्लासका साथ सम्पन्न भएको छ ।   

तारुका गाबिसको चन्दनी कटहरबोटमा स्थानिय कृषकका १८ हल गोरुहरुबिच प्रतिष्पर्धा गराईएको थियो ।
गोरु जुधाई प्रतियोगिता हुने स्थानको रुपमा ख्याती कमाएको तारुकामा गोरु जुधाई हेर्नका लागि रक्षामन्त्री बालकृष्ण खाँडसहित कांग्रेसका सांसद बहादुरसिंह लामा, रामहरि खतिवडालगायत समेत पुगेका थिए । 
गोरु जुधाई हेर्नकै लागि नुवाकोटका साथै धादिङ, रसुवा गोरखा, चितवन, काठमाडौंलगायतका जिल्लाहरुबाट मानिसहरु तारुका पुगेका थिए । पहिले अव्यवस्थित र प्रचारप्रसारको अभावमा स्थानीयस्तरमा यो प्रतियोगिता सीमित भएपनि पछिल्लो वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ ।
विसं २०६२ सालदेखि एकीकृत र व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ । गोरु जुधाई प्रतियोगिता ऐतिहासिक महत्वसँग जोडिएको स्थानियहरुको भनाई छ ।
बझाङी राजा जयपृथ्बीबहादुर सिंहको मामली तारुका रहेको र उनी यहाँ आउने क्रममा  मनोरञ्जन दिनका लागि गोरु जुधाएर देखाइएको स्थानीय जानकारहरु बताउँछन । त्यही बेलादेखि गोरु जुधाउने प्रचलन बसेको बताईन्छ । यसैगरी माघेसंक्रान्तिकै अवसर पारेर रसुवाको बेत्रावतीमा पनि गोरु जुधाई प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा स्थानिय कृषकका १० हल गोरुबिच प्रतिप्रर्धा गराईएको थियो । प्रतियोगिता हेर्न स्थानियका साथै छिमेकी जिल्ला लगायत देशभरीबाट हजारौ व्याक्तिहरु सहभागि भएका थिए ।

तपाईंको बिचार