Thursday, March 23, 2017  |    

काठमाण्डौमा छुट्टै टुरिष्ट बसपार्क निर्माण गर्छौ :पर्यटनमन्त्री शाही

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिबनबहादुर शाहीले काठमाण्डौमा छुट्टै पर्यटक बसपार्क निर्माणका लागि आफुले पहलकदमी लिईरहेको बताउनुभएको छ ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालको बार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री शाहीले नेपालको पर्यटन बिश्वमै अनुपम भएपनि यसलाई व्यवस्थीत गर्न नसकिएको बताउनुभयो ।
जनवरी १३ तारिकका दिन कान्तिपथस्थीत होटल एल्लो प्यागोडामा सम्पन्न बार्षिक साधारणसभामा संस्थाले बर्षभरिमा गरेका कामका प्रगतिहरुका साथै संस्थाका भाबि योजनाका रुपमा बसपार्क निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिईएको टुरिष्ट बस एसोसिएसन अफ नेपालका उपाध्यक्ष ईश्वर शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकान्त आचार्यले पर्यटन क्षेत्रको लागि सबैभन्दा महत्वपुर्ण पक्ष पर्यटक सेवा रहेको बताउँदै यसलाई व्यवस्थीत गर्न अहिलेसम्म सरकार चुकेको बताउनुभयो । उहाँले पर्यटन सेवालाई व्यवस्थीत र स्तरीय बनाउन पर्यटन मन्त्रालय लाग्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा संस्थाका सदस्यहरु, बिभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।

तपाईंको बिचार