Thursday, March 23, 2017  |    

तारुका बुल फाइट भिडन्तमा फेसबुक रोधीघरलाई हराउँदै गन्तव्य नेपाल बिजयी

प्रकाशित मिति: 2017/01/17

माघ ४, नुवाकोट । नुवाकोट तारुका वडा नम्बर ५ चन्दनी कटहरबोटमा माघेसंक्रान्तिको अवसरमा आयोजित बुलफाईट प्रतियोगितामा काठमाण्डौ गंगबु बसपार्कमा सञ्चालित फेसबुक दोहोरी रोधी घरलाई हराउँदै गन्तव्य नेपाल गु्रप बिजयी भएको छ ।

फेसबुक दोहोरी रोधी घरका सञ्चालक रामजी श्रेष्ठ तारुका वडा नम्बर ६ हटिया निवासी हुन भने गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी तारुका वडा नम्बर २ सातदोबाटो निवासी हुन ।
फेसबुक दोहोरीले किसान तोयानाथ ढकालको गोरुलाई स्पोन्सर गरेका थियो भने गन्तव्य नेपालले किसान रोमन श्रेष्ठको गोरुलाई स्पोन्सर गरेको थियो ।
उक्त प्रतियोगितामा १७ हल गोरु जुधाईएको आयोजक समितीका संयोजक नबिन अधिकारीले बताउनुभयो ।
गन्तव्य नेपालका अध्यक्ष तथा रसुवा नुवाकोट पर्यटन समाजका महासचिब समेत रहेका शिव अधिकारीले गोरुधनीद्धय ढकाल र श्रेष्ठलाई धन्यबाद दिदै तारुकाको बुलफाईट प्रतियोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न र  पर्यटकीय प्रडक्टको रुपमा बिकास गर्नको लागि कम्पनीबिचको प्रतिष्पर्धाको सुरुवात गरिएको बताउनुभयो ।

 

तपाईंको बिचार