Thursday, June 29, 2017  |    

नाराद्धारा रिफर गाईड ट्रेनिङ सुरु

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज(नारा)ले पर्यटकीय सिजनलाई लक्षित गरी दक्ष रिभर गाईड ट्रेनिङ सञ्चालन गरेको छ ।
नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठान(नाथम)सँगको सहकार्यक्रमा रबिभवनमा जनवरी ९ बाट सुरु भएको उक्त ट्रेनिङ कार्यक्रमको समापन २३ जनवरी सम्म सञ्चालन हुनेछ ।
बिषयगत ज्ञान नाथमको कार्यालय रबिभवनमा सञ्चालन भईरहेपनि प्राक्टिकल भने धादिङको त्रिशुली नदीमा २२, २३ र २४ तारिकका दिन त्रिशुलीमा सम्पन्न हुनेछ ।
तालिममा सहभागि हुनको लागि नारा अध्यक्ष चन्द्र दाहालले सबैमा आग्रह समेत गर्नुभएको छ ।

 

तपाईंको बिचार