Thursday, March 23, 2017  |    

आस्क द नेपाल ट्रेकलाई हराउँदै रसुवा ट्रेक बिजयी

प्रकाशित मिति: 2017/01/17

माघ ४, रसुवा । रसुवा र नुवाकोटको सिमास्थल बेत्रावतीमा माघेसंक्रान्तिको अवसरमा आयोजित बुलफाईट प्रतियोगितामा आस्क द नेपाल एड्भेन्चर ट्रेकलाई हराउँदै रसुवा ट्रेक बिजयी भएको छ ।

आस्क द नेपाल सञ्चालक शिब लामिछाने र रसुवा ट्रेकका सञ्चालक बलराम न्यौपाने दुबै रसुवा निवासी हुन ।
उक्त प्रतियोगितामा १० हल गोरु जुधाईएको आयोजकले जनाएको छ । बिजेताबाट प्राप्त रकम  गोरुधनी र स्थानिय सामाजिक कार्यका लागि प्रदान गरिएको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष समेत रहेका न्यौपानेले बताउनुभयो ।
प्रतियोगिता हेर्न स्थानियका साथै छिमेकी जिल्लाबाट समेत हजारौ व्यक्तिहरुको सहभागिता थियो ।

तपाईंको बिचार