Thursday, March 23, 2017  |    

सरोकारवालाहरु हो, ठमेलको ढलसमस्यामा कहिलेसम्म राजनीति गर्छौ ?

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा बर्षौदेखिको ढलसमस्याका कारण नेपाल घुम्न आउने पर्यटकहरु सामु ठमेलको छबि बिग्रने खतरा बढेको छ ।

प्रत्येक बर्ष ठमेल क्षेत्रमा ढल फुटेर उत्पात मच्चाउने गरेको भएपनि यसको दिर्घकालिन समाधानमा महानगरपालिका र ठमेलका बिकासे संस्थाहरु समेत मुखदर्शक भएर बस्ने गरेका छन ।
विगत ३ महिनादेखी त्रिदेबी मार्गस्थीत संञ्चयकोष भवनदेखी ठमेल चोकसम्मको क्षेत्रमा ढल फुटेर ठमेलको पर्यटन क्षेत्र प्रभावित भएपनि सम्बन्धीत निकायको ध्यान नपुग्नु लाजमर्दो कुरा भएको बरिष्ठ पर्यटन व्यावसायी नवराज दाहालले बताउनुभयो ।
पर्यटनको बिकासको लागि भाषण गरेर नथाक्ने सरकारी निकाय, ठमेलको बिकासकै भाषणबाजी गरेर नेतृत्वमा राज मच्चाउदै आएका ठमेल पर्यटन बिकास परिषद लगायतका बिकासे संस्थाहरु र ठमेलमै रोजीरोजी खोज्ने व्यावसायीहरु समेतको मौनता अचम्मको संस्कृति भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।
आफुले ढलसमस्याका बारेमा पटकपटक महानगरपालिकामा जानकारी गराएपनि बेवास्ता गरिएको र ठमेल पर्यटन बिकास परिषद्ले समेत ढलसमस्यालाई राजनीति गर्ने भाँडो बनाएको उहाँको आरोप छ ।
‘ ढल समस्या समाधानबारे ठमेल पर्यटन बिकास परिषद्का अध्यक्षजी सँग आफैले भेटेर पटकपटक अनुरोध गरेको भएपनि उहाँको भुमिका आश्वासनमै सिमित भएको र रमितेहरुको भिडमा उहाँपनि थपिन आईपुगेको भन्दै रमितेहरुको खाँचो नरहेको भन्दै व्यङ्य गर्नुभयो ।
ढलसमस्या समाधानमा मुखदर्शक बन्ने महानगरपालिकाले आफ्नै कार्यक्षेत्र सम्झीएमात्रै पनि समस्या स्वतः समाधान हुने उहाँको भनाई छ ।
भवन निर्माण आचारसंहिता बिपरीत ठमेल क्षेत्रमा बाटोमै ढुंगागिट्टी लगायतका निर्माण सामाग्री राखेर ढलनै पुरिने अवस्थाका कारण पनि बर्तमानको ढलसमस्या निम्तीएको बताउँदै दाहालले महानगरपालिकाको काम चै जनतालाई दुःख दिने र कर उठाउने मात्रैमा सिमीत हो भनि प्रश्न समेत गर्नुभयो ।
ढलसमस्या समाधानमा ठमेलमै रोजीरोजी खोजिरहेका व्यावसायीबिचको एकता आवश्यक रहेको भन्दै समस्या समाधानमा व्यावसायीबिचको आन्तरीक एकता भए जुनसुकै समस्या समाधान हुने उहाँको भनाई छ ।

तपाईंको बिचार