Wednesday, March 29, 2017  |    

पर्यटनमा छलाङ मार्दै कृण्ण दाई

प्रकाशित मिति: 2017/01/19

माघ ६, काठमाण्डौ ।  ०४१ सालमा काँधमा झोला भिरेर नुवाकोटबाट सोह्खुट्टे ओर्लदा गोजीमा हरीयो एउटा नोट थियो ।

छेउकै एउटा बाटोको पसलमा एक कप चिया पिएर सिधै हानिए ठमेलतिर ।
गाँउका चिनेजानेकै व्याक्तिहरु थिए । ति मध्ये केहीको चालचलन गज्जब थियो ।
चिनेजानेका मध्ये बासु थपलिया उनको लागि सहयोगी भएर देखिए । उतिबेलै ठमेलमा उनको गज्जबको कार्पेट पसल थियो, उनैले काममा राखे । अरु के नै चाहियो । मन फुरुङ भो । कम्तीमा काम खोज्ने संघर्ष टर्यो । गाँउलेहरुको नजरमा लायक ठहरीए । यस्तै यस्तै सुनाउँदै थिए... । कृष्णप्रसाद पाण्डे(कृष्ण दाई) । सगरमाथा बजारमा ओआरटुके रेष्टुरेण्ट’ उनको बहुतै चर्चित छ ।
२०२३ सालमा नुवाकोटको मदानपुरमा जन्मिएका पाण्डे गाँउकै स्कुले शिक्षापछि एसएलसी पश्चात काठमाण्डौ प्रवेश गरेका थिए ।
गाँउमा उतिबेलै काठमाण्डौमा पढाई र काम गर्ने परिवार अरुका अगाडी ठुलाठालु देखिन्थे । आर्थिक अवस्था सामान्य नै थियो । समाजले पच्छ्याएको बाटो उनलाई पनि हिड्नु नै थियो । ठालु बन्ने धुनमा काठमाण्डौ हानिए । काम गाँउकै थपलियाले लगाईदिएकै थिए । पिपुल्स क्याम्पसमा आईए मा भर्ना भए । समयक्रमसँगै सरस्वती क्याम्पसबाट स्नातक पुरा गरे ।
कलेजका दिनहरु सम्झिदा काउकुति लाग्ने रैछ, उनी सम्झन्छन । उतिबेला अहिलेजति पैसा नभएपनि खाजा खर्चमा कुनै समस्या थिएन । वरीपरी केटा केटी साथीहरु झुमिन्थे । जे मन लाग्यो, गर्यो । जे मनमा आयो, त्यो जुनसुकै हालतमा पुरा गर्नुपर्ने यस्तै थिएँ म । जहाँ जाँदा पनि समुह बनाएर हिड्थ्यौ ।  नेबि संघको बिद्यार्थी राजनीति पनि गरियो, फुर्तिलै थिएँ म, उनले भने ।
कलेजमा केटी साथीहरुको पनि लामै लस्कर थियो । यद्यपी कसैलाई मनको कुरा भन्न सकिएन, यसैमा कतै चुके की भनेजस्तो लाग्छ । सम्झदा खेरीको सम्झना न हो त्यो, उनीहरुको मनमा पनि हुँदो हो । सम्झदा खेरी केही केही नपुगेजस्तो भने हुने । खास कलेजको कुरा त्यस्तै न हुन । यद्यपी खास जिबनप्रति पश्चताप छैन । अहिले जो सँग जिबनयात्रा अगाडि बढेको छ, उनीप्रति नै म सन्तुष्ट छु,  मागी बिवाह गर्दा पनि सुखी परिवार छ । जिबन चलेकै छ, सबैले कृष्ण दाई भनेर माया गर्छन । अरु के चाहियो । निकै मिजासिला देखिने सबैका कृष्ण दाई यसै भन्दै थिए ।
सुरुका दिनमा कार्पेटमा पाएको जागिर नै प्यारो थियो उनलाई । दुई बर्षपछि आफैले ठमेलमा व्याग पसल खोल्न पुगे । २०५४ साल यता भने उनले गार्मेन्टको बिभिन्न युरोपेली देशहरुमा निर्यात गर्न थाले । व्यावसाय फष्टाउँदै गयो । आजको दिनमा ओआरटुकेका नाममा काठमाण्डौमा उनको रेष्टुरेण्ट चर्चित छ, भने पोखरामा पनि होटल व्यावसाय सञ्चालन गरेका छन । जिबनमा ठुलो मान्छे बन्नु थियो, ठुलो कस्तो, टन्न पैसा भएको ठुलो भुडि भएको यस्तै यस्तै मनमा आउँथ्यो सुरुका दिनमा । 
तर कहीँ न कहीँ यसको प्रभाव पर्दो रहेछ । जिबनमा सफलताको स्वास व्यावसायले नै दिने रहेछ । व्यावसायी बन्ने रहर आखिर पुरा भएरै छाड्यो, घर गाडी पनि ठुलो होईन रहेछ । उनी भन्दै थिए ।
ठमेलको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भुमिका खेलेका कृष्ण दाईले सयौ व्यक्तिलाई रोजगारी समेत दिएका छन । यसले पनि उनीप्रतिको सद्भाव ठमेलमा बढि नै छ ।
सफल हुन के चाहिन्छ, यो व्यक्तिमा पनि भर पर्ला, तर बाबु पैसा कमाउन व्यापार नै गर्नुपर्ने रहेछ..... ।
जिबनप्रतिको सम्मान र निरन्तरको प्रयास न हो जिबन, यसैमा खुसी खोज्नुपर्छ उनी भन्दै थिए ।  

 

तपाईंको बिचार