Thursday, May 25, 2017  |    

एनएमएको निर्वाचन सरगर्मी बढ्यो, अध्यक्षमा सन्तबिर, जिम्बाजाम्बु, निमा र भुमिको नाम चर्चामा

प्रकाशित मिति: 2017/01/20

माघ ७, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को आगामी अप्रिलभित्र साधारणसभासँगै हुन गईरहेको निर्वाचनको सरगर्मी बढ्दै गएको छ ।

आर्थिक बर्ष अर्थात आगामी जुनभित्र साधारणसभा बिधानतः व्यवस्था भएपनि नयाँ कार्यसमितीलाई बजेट ल्याउनको लागि सहज बतावरण सिर्जना होस भन्ने हेतुले अप्रिलभित्रै निर्वाचन गर्न लागिएको अध्यक्ष आङक्षिरीङ शेर्पाले बताउनुभयो ।
एनएमएको पश्चिम भेगमा कार्यक्रमको लागि पूर्व तयारी नै भैसकेको सन्दर्भमा हामी व्यस्त छौ, संभवतः फेब्रुअरी २० देखी २५ भित्र कार्यसमितीको बैठक बसी निर्वाचनको मिती घोषणा गरीने पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।
एनएमएको निर्वाचन नजिकिदै गर्दा अहिले पर्यटन बजारमा अध्यक्षको प्रत्यासीका रुपमा एनएमएका प्रथम उपाध्यक्ष सन्तबिर लामा, पूर्व अध्यक्ष जिम्बाजाम्बु शेर्पा, पर्यटन व्यावसायी निमानुरु शेर्पा र भुमि लामाको नाम चर्चामा रहेको छ ।
एनएमएको निर्वाचनको सन्दर्भमा पर्यटन व्यावसायीहरुले भने आगामी नेतृत्व सर्बसहमतिय रुपमा ल्याउनुपर्नेमा जोड दिएका छन । उनीहरुले राजनीतिक खिचातानिका बिच ल्याईएको नेतृत्वले समग्र पर्वतिय पर्यटनको समस्यालाई उजागर गर्न नसक्ने भन्दै सहमतिय नेतृत्वमा जोड दिएका छन ।

तपाईंको बिचार