Friday, June 23, 2017  |    

एमाले पर्यटन ईलाकाको बनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2017/01/22

माघ ९, काठमाण्डौ । आन्तरीक पर्यटन प्रवद्र्धन गरौ, घुमफिर बर्ष सफल पारौ भन्ने नाराका साथ नेकपा एमाले पर्यटन ईलाका काठमाण्डौको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

टोखास्थीत भुतखेलमा सम्पन्न बनभोज कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल, पर्यटनबिभाग प्रमुख सुर्य थापा, बिशेष जिल्ला कमिटी र राजधानी पेशागत बिशेष समितीमा आवद्ध व्यावसायीहरु गरी करीब २ सय जनाको सहभागिता रहेको थियो ।
बनभोज कार्यक्रममा एमाले उपाध्यक्ष रावलले संबिधान संसोधन प्रश्ताबमा पार्टीले लिएको अडानबारे प्रष्ट पार्नुभएको थियो । बनभोज कार्यक्रमको आयोजक पर्यटन ईलाकाले संबिधान संसोधनबारे लिएको अडानका लागि उपाध्यक्ष रावललाई बुद्धको मुर्ति मायाको चिनो प्रदान गरेको थियो । ईलाका अध्यक्ष धु्रब सिंखडाले गन्तव्य नेपालसँग कुराकानी गर्दै आन्तरीक पर्यटन प्रवद्र्धन गर्न र गन्तव्यहरुको खोजी गर्ने अभियान स्वरुप बनभोज कार्यक्रम गरिएको बताउनुभयो ।

तपाईंको बिचार