Thursday, March 23, 2017  |    

कस्तो अचम्म ! कालो कुखुराको कालै अण्डा अनि कालै रगत !

प्रकाशित मिति: 2017/01/24

माघ ११, काभ्रे । काठमाडौँ देखि ४५ किलो मिटर टाढा काभ्रे जिल्लाको पाँचखाल तामाघाट चोक पुगेर १ किलो मिटर पूर्व श्रीराम पाटीस्थित प्लाइ उड कारखानासंगै २०० रोपनी क्षेत्रफलमा फैलिएको ‘हाई हिमालायन नर्सरी एण्ड एग्रो‘ नामक अर्गानिक फार्म छ ।

नेपालमा अहिलेसम्मकै अत्याधुनिक र ठुलो उक्त फार्म नेपाल, भारत र पाकिस्तानमा समेत अर्गानिक खेती सम्बन्धी रिसर्च र तालिम लिई दुई दशक लामो अनुभब संगालेका अर्गानिक कृषि बिज्ञ शिब कृष्ण प्रजापतिले सञ्चालनमा ल्याएका हुन ।
यो मल्टी पर्पोज अर्गानिक कृषि फार्म वरिपरि विभिन्न जातका बनस्पति जस्तै प्लाइ उड, झ्याल, ढोका बनाउन उपयोगी र गाई बस्तुको लागि घाँस हुने पलोनि, ह्यानडी क्राफ्टको आइटम बनाउन र गाई बस्तुको घाँसको लागि उपयोगी हुने कदम, डाले गाँस र अन्य रंगी चंगी बगैचा सजावटको लागि उपयोगी हुने रुख बिरुवाहरु रोपेका छन् भने कृषि फार्मको बिचमा अर्गानिक सब्जिहरु जस्तै रायोको साग, गाँजर, रातो मुला, सलगम, हरियो सलाद, धनिया, तोरीको साग आदि खेती गरेका छन् ।
रेस्टुरेन्ट पुग्ने बाटोमा ब्यबस्थित तरिकाले जालीको बक्समा बिभिन्न जातका कुखुरा पालन जस्तै कालो अण्डा पार्ने र कालो रगत हुने कालो कुखुरा, फ्रेन्च कुखुरा, पाकिस्तानी कुखुरा, फाइटर कुखुरा, हाँस सजाएको छ भने अर्को तिर गाई पालन र त्यसको ठिक मुनि गाईको पिशाब जम्मा हुने माछा पोखरी बनाइएको छ । जुन पोखरीमा गाईको पिशाब माछाको आहारा बन्छ । चौबिसै घण्टा बगेको पानी मिसिन्छ । अर्गानिक माछा उत्पादन हुन्छ ।
यो फार्म काभ्रे जिल्लाको सुप्रसिद्ध स्थान पलाञ्चोक भगवती माइको पबित्र मन्दिर पुग्ने र काठमाडौँ देखि खासा पुग्ने अरनिको राजमार्गमा रहेकोले अर्गानिक खानाको परिकारमा रमाउनेहरुको घुइचो लाग्ने गरेको छ ।

तपाईंको बिचार