Monday, July 24, 2017  |    

बिदेशी खानाको स्वाद, होटल प्लेजर र ट्राभलर्सको राज

प्रकाशित मिति: 2017/01/25

काठमाण्डौ १२, काठमाण्डौ । ठमेलको अमृत मार्ग ज्याठामा सबेरै बिदेशी पर्यटकहरुको एक हुल लम्कीरहेको थियो ।

बिशेषतः पर्यटकहरुको रोजाईको होटलको खोज्दै जाँदा ति व्यक्तिहरु एक होटलभित्र प्रवेश गरे ।
आखिर के थियो, त्यो होटलमा । बुझ्दै जाँदा बिदेशी परिकारको सम्पुर्ण स्वादका खानाका जो राज थियो ।
कन्टिनेन्टल, ईटालियन, मेक्सीकन लगायतका खानाका सेट, ईच्छा बमोजिमका खाजाका स्वदेशी तथा बिदेशी परिकारका लागि प्रख्यात ठाँउ थियो, त्यो ।
अमृतमार्ग ज्याठामा अवस्थीत ‘होटल प्लेजर होम’ स्वदेशी तथा बिदेशी पर्यटकहरुका माझ खानाका यिनै अन्तर्राष्ट्रिय परिकारको स्वाद पारखीहरुका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।
६ तल्ले उक्त भवनमा ३१ वटा भन्दा बढि सुबिधासम्पन्न एसी डिलक्स रुमहरु रहेका छन । रुफटप होटलको अर्को बिशेषता हो । सुन्दर शान्त हरियो गार्डेनसहितको  होटलमा बाहिरी दृश्यका साथ पारिलो घाममा बसेर स्वाद अनुसारका परिकारको मज्जा लिन पाउनु नै यसको बिशेषता हो ।
नामाकरण भईनसकेपनि थ्रि स्टार होटलमा पाईने सम्पुर्ण सुबिधाहरु यस होटलमा छन । सँगै जापानिज पर्यटकहरुलाई लक्षित गरी ‘ईचिवान जापानिज रेष्टुरेण्ट’ नेपाल भ्रमणमा आउने जापानी पर्यटकहरुलाई केन्द्रित गरीएको छ ।
जसमा जापानी खानाका स्वाद यसको प्रमुख बिशेषता हो । भ्रमणका क्रममा जुनसुकै देश पुगेपनि आफुले स्वदेशमा हुँदा खाने खानाको परिकार पर्यटकहरुले छुटाउनु नपरोस भनेरै होटल भित्रै इचिवानको अवधारणा भित्राईएको सञ्चालक धु्रब अधिकारीले बताउनुभयो ।
यहीनेर सँगै जोडिएर रहने गरी ‘ट्राभलर्स क्याफे रेष्टुरेण्ट’ समेत सञ्चालनमा ल्याएको सञ्चालक अधिकारीले बताउनुभयो ।
९ महिनाअघि सञ्चालनमा आएको यस क्याफे रेष्टुरेण्टको बिशेषता नै कफीका पारखीहरुमा समेटीएको छ । अन्यत्र भन्दा फरक व्यावस्थापनले क्याफे ग्राहकहरुको रोजाई बनेको छ । प्रत्येक शुक्रबार र शनिबार लाईभ म्युजिकको व्यवस्था रेष्टुरेण्टको अर्को बिशेषता हो । जसमा स्वदेशी तथा बिदेशी गायक, कलाकारको प्रश्तुती रहनेछ ।
बिभिन्न बिदेशी खानाका परिकार तयार पार्ने रेष्टुरेण्ट, त्यही खाना सर्भ गर्ने होटल र होटल भित्रको ईचिवान रेष्टुरेष्ट त्रिपक्षिय अवधारणाका साथ एकअर्कामा बिशेषता थप्दै अगाडि बढिरहेको अर्का सञ्चालक दामोदर ढकालको भनाई छ ।
एक तल्ले कफी होम सहितको रेष्टुरेण्ट, ६ तल्ले होटल र होटल भित्र सुबिधासम्पन्न रुम तथा मिटीङ रुम सहित ग्रिन गार्डेनको सुन्दरता आफैमा सुन्दर छ । अझ त्यो भन्दा सुन्दरता बिदेशी पर्यटकको रोजाईले थपिएको छ ।
रेष्टुरेण्ट र होटल जुनसुकै स्थानमा पुगेपनि प्लेजर र क्याफेले पर्यटकलाई लोभ्याएकै छ, ग्राहकको सन्तुष्टीमा आफ्नो सन्तुष्टी खोज्ने सञ्चालकद्धय अधिकारी र ढकालको सोच पनि पर्यटन बजारमा रफ्तारका साथ दौडीरहेकै छ ।

 

 

 

 

  

 

 

 

 

 

तपाईंको बिचार