Thursday, April 27, 2017  |    

पर्यटनमा नयाँ सोच भित्राउने कोसिसमा छु :नवराज खतिवडा

प्रकाशित मिति: 2017/01/25

माघ १२, काठमाण्डौ । पर्यटनमा भोटो फटाएर आफुलाई स्थापित भएको दाबी गर्नेहरुको कुनै कमि छैन । सफलता बर्षगाँठसँग मात्रै जोडेर हेर्दा यि कुराहरु स्वभाविक नै लाग्छन । यद्यपी समय परिवर्तनशिल छ, त्यही परिवर्तनमा उद्यमीहरु पनि नयाँ जोस र जाँगरका साथ भित्रिने क्रम जारी छ ।  यही भिडमा आईपुगेका पात्र हुन । नवराज खतिवडा ।

माउन्टेन टप ट्राभल्स एण्ड टुर्स काठमाडौं उनको ब्राण्डको रुपमा स्थापित भएको पनि लामै समय भैसक्यो ।
विसं २०४३ साल असोज २२ गतेको दिन भोजपुर जिल्लाको कुदाक काउले गाविस वडा नं ७ मा जन्मिएका खतिवडाले माध्यामिक तहसम्मको शिक्षा गाउँकै विद्यालयबाट हासिल गरे । एसएलसी उत्तीर्ण गरेपछि  २०६२ सालमा काठमाडौं आएका खतिवडाको सोच सफल व्यावसायी बन्ने थियो । सफल कस्तो, धेरै पैसा भएको, यात घरगाडिले चिन्ता नभएको यस्तै यस्तै मनमा आउथ्यो उनमा  । तर त्यही समय उनका लागि कोसेढुंगा साबित भयो, जतिबेला उनले आफुलाई एक पर्यटन व्यवसायीको रुपमा दर्ज गराउन संघर्ष गरे । 
सन् २००३ बाट पर्यटनमा संलग्न भएका खतिवडाले विभिन्न कम्पनीमा काम गरेर पर्यटन क्षेत्रको प्रत्यक्ष अनुभव संगालेपछि आफ्नै स्वामित्वको कम्पनी सञ्चालनमा ल्याएका हुन् । उनले आफ्नो कम्पनी माउन्टेन टप ट्राभल्स एण्ड टुर्समार्फत पर्यटकलाई विभिन्न प्रकारका टुर प्याकेज, साइटसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकेटिङ, हेलिटुर तथा चार्टर, माउन्टेन फ्लाइट, हाइकिङ, ट्रेकिङ, राफ्टिङ, जंगल सफारी, बञ्जिी जम्प, प्याराग्लाईडिङ, भिजा प्रोसोसिङलगायतका सेवाहरु उपलब्ध गराइरहेका छन् । 
पर्यटन क्षेत्रको यात्रारम्भलाई गत वर्ष गएको शक्तिशाली भूकम्पको झड्का लागेपनि उनलाई त्यत्ति धेरै चिन्ता छैन । विपत्ति आफैमा दुर्भाग्यपूर्ण भएपनि यसले एउटा ठूलो पाठ सिकाएको उनको भनाई छ । हामीले यसलाई दीर्घकालिन व्यवसायिक योजना बनाउने अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’
नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरी बढि भन्दा बढि विदेशी पर्यटक भित्रयाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड रहेको छ । व्यवसायसँगसँगै पढाईलाई पनि अगाडि बढाइरहेका खतिवडाले अहिले अंगे्रजीमा स्नात्तकोत्तर गर्दैछन् । यसरी पर्यटन क्षेत्रमै उज्वल भविष्य खोजिरहेका खतिवडा आफ्नो व्यवसायको अलावा समाज सेवामा समेत लागि परिरहेका छन् । उनले विगत चार वर्षदेखि कुदाक काउले भोजपुर–काठमाडांै सेवा समाजको सचिवको जिम्मेवारी सम्हालिरहेका छन् भने अन्य विभिन्न संस्थामासमेत आबद्ध भएर काम गरिरहेका छन् । निकै फुर्तिला र युवा जोस पर्यटनमा साँच्दै अगाडि बढिरहेका खतिवडाको पर्यटन यात्रा रफ्तारमा दौडिरहेकै छ ।

तपाईंको बिचार