Tuesday, August 22, 2017

पश्चिमाञ्चल होटल संघले भारतिय भुमिमा, ‘चलिए पोखरा अभियान सञ्चालन गर्ने’

प्रकाशित मिति: 2017/01/26

माघ १३, पोखरा । होटल एसोसिएसन अफ नेपाल (हान) सम्बद्ध पश्चिमाञ्चाल होटल संघ पोखराको अठारौ अधिवेशन सम्पन्न भएको छ ।

माघ ७ गते पोखरामा सम्पन्न अधिवेशनसँगै भएको साधारणसभाले विकल तुलाचनको नेतृत्वमा नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

२ बर्षे कार्यकाल रहेको संघमा १२ जनाको कार्यसमिती रहेकोमा ६ जना स्टार होटलका तर्फबाट र ६ जना ननस्टार होटलका तर्फबाट प्रतिनिधित्व गराईएको संघका नवनिर्वाचित महासचिव गणेश राज पहाडीले गन्तव्य नेपाललाई जानकारी दिनुभयो ।
अघिल्लो भरतराज पराजुलीको नेतृत्वले पोखराको पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आफुहरुले पनि पर्यटन प्रवद्र्धनलाई अझ व्यवस्थीत ढंगले अघि बढाउने बताउनुभयो ।

अघिल्लो कार्यसमितीले वेवारिसे अवस्थामा रहेको संघको भवन निर्माण, पर्यटन प्रवद्र्धन गरी पोखरालाई चिनाउन भारतिय भुमिमा ‘चलिए पोखरा अभियान तथा मुलुकका बिभिन्न ठाँउमा पोखरा जाउँ कार्यक्रम सञ्चालन गरिएको भन्दै आफुहरुले पनि यसलाई निरन्तरता दिने उहाँले बताउनु भयो । संघमा हाल ४ सय जना सदस्यहरु आवद्ध रहेका छन ।

तपाईंको बिचार