Tuesday, June 27, 2017  |    

सोट्टोले हाईकिङ गर्ने

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो)ले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै हाईकिङ कार्यक्रमको आयोजना गरेको छ ।

माघ १५ गते साँखुदेखि भक्तपुरको मनिचुर सम्म करिब ३ घण्टाको पैदल यात्रा गरिने सोट्टो नेपालका अध्यक्ष अनिल लामाले बताउनुभयो ।

मनिचुरमा स्थानिय ऐतिहासिक पोखरी र मन्दिर पर्यटकहरुको लागि केन्द्र रहेको भन्दै उहाँले हाईकिङका माध्यमबाट स्थानिय व्यापार प्रवद्र्धन गर्न कार्यक्रम फलदायी हुने उहाँले बताउनुभयो । हाईकिङ कार्यक्रममा ६० जना भन्दा बढि पर्यटन व्यावसायीहरु सहभागि हुने उहाँले जानकारी दिनुभयो ।

तपाईंको बिचार