Thursday, March 23, 2017  |    

पर्यटन विभागको सेवा कम्प्युटर प्रणालीमा

प्रकाशित मिति: 2017/01/26

पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली (डिजिटलाइज) गर्ने प्रक्रिया सुरु गरेको छ ।

पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभयो ।

कहाँ कति ट्राभल एजेन्सी छन, कानुनी रुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताए । परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ । विभागका अनुसार अहिले वेभसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ । यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् ।
यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ । प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा तीध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ ।

तपाईंको बिचार