Thursday, June 29, 2017  |    

अझै नाट्टा पूर्ण हुन सकेन भण्डारीलाई बेवास्ता गरियो

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । मधुसुधन आचार्यको नेतृत्वमा रहेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) कार्यसमितिको १ वर्ष पार हुँदा पनि अझै पूर्णता पाउन सकेको छैन । गत असार ५ गते नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको पूर्ण कार्यसमितिले पर्यटनविज्ञ तथा नाट्टा सदस्य लेखनाथ भण्डारीलाई नाट्टाको केन्द्रिय कार्यसमितिमा पठाउँदा समेत राजनीतिक तिगडमबीच मनोनित हुन सकेको छैन् । 

नाट्टाले दुईजना कार्यसमितिमा मनोनित गर्ने प्रावधान विधानमा उल्लेख हुँदाहुँदै पनि नाट्टा नेतृत्वको केही समयको अन्तरालमा फुरी ग्याल्जेन शेर्पालाई मनोनित गरेको थियो । नयाँ नेतृत्व आएपश्चात् हतारमा नाट्टा नेतृत्वले नाट्टा क्षेत्रीय शाखा, पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा, पूर्वाञ्चल क्षेत्रीय संघ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय संघलाई केन्द्रीय सदस्य सिफारिसको लागि पत्राचार गरेको थियो ।
नाट्टा केन्द्रीय कार्यालयभन्दा पछिको शाखा कार्यालय पोखरा च्याप्टर नै हो, जहाँ १५० भन्दा बढि सदस्यहरु छन् । त्यसैगरी नाट्टा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलमा २०÷२५ को हाराहारीमा सदस्यहरु छन् । विगतको इतिहासलाई हेर्दा पनि क्षेत्रीय संघको आँकडामा पोखरा च्याप्टर ठूलो मानिन्छ । 

नाट्टा सम्बद्ध व्यवसायीहरुले नाट्टाको नेतृत्वले राजनीतिक पूर्वाग्रही ढंगले कामकारबाही अगाडि  बढाएको र अहिलेसम्म पूर्ण कार्यसमिति बनाउन नसकेको भन्दै आपत्ती जनाएका छन् । व्यवसायीहरुले अहिलेसम्म नाट्टाका सदस्य लेखनाथ भण्डारीको मनोनयन हुन नसक्नु सोचनीय विषय भएको बताएका छन् । उनीहरुले नाट्टाको नेतृत्वलाई छलछाम गरेर काम नगर्नसमेत चेतावनी दिएका छन् । नाट्टा श्रोतका अनुसार लेखनाथ भण्डारीको मनोनयनको सम्बन्धमा  आन्तरिक खिचातानिको कारणले हुन नसकेको बुझिन आएको छ । पर्यटनविज्ञ तथा नाट्टा सदस्य लेखनाथ भण्डारीले गन्तव्य नेपालसँग कुराकानी गर्दै पर्यटन क्षेत्रमा पर्यटक यातायात, पर्यटक बसपार्क, व्यावसायिक समस्यालगायतका समस्याको प्रतिबद्धता जनाएको नाट्टा नेतृत्वले अहिलेसम्म पूर्ण कार्यसमिति बनाउन नसक्नु लज्जाको विषय हो ।

तपाईंको बिचार