Thursday, June 29, 2017  |    

पोखराको ‘लेक भ्याली टुर्स एण्ड ट्राभलमा पर्यटकको आर्कषण बढ्दै

प्रकाशित मिति: 2017/01/29

माघ १६,पोखरा । ट्राभल टुर्सको क्षेत्रमा अब्वल नाम हो, ‘लेक भ्याली टुर्स एण्ड ट्राभल ।

पोखरा उपमहानगरपालिकाको वडा न. ६ लेकसाईडमा अवस्थीत उक्त ट्राभल कम्पनीले आन्तरीक तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी बिभिन्न प्याकेजहरु समेत सञ्चालन गर्ने गरेको छ ।
हाल रारा टुर्स प्याकेजको घोषणा गरेको उक्त कम्पनीले पर्यटकको चाहना अनुसारका देशभित्रका जुनसुकै क्षेत्रमा जान चाहने पर्यटकहरुलाई सेवा प्रदान गर्दै आएको टुर्सका सञ्चालक चुडामणी दाहाल(राजु)ले जानकारी दिनुभयो ।
यसका साथै फ्लाईङ बौद्ध प्याराग्लाईडिङका माध्यमबाट प्याराग्लाईडिङ क्षेत्रमा समेत दाहालको पहिचान स्थापित छ भने ‘आँगन क्याफे रेष्टुरेण्ट’ उनलाई चिनाउने अर्को ब्राण्ड हो ।
पोखरामा ३६ बर्षअघि जन्मिएका दाहाल, परिवारमा जेष्ठ सुपुत्र हुन । परिवारीक पृष्ठभुमि पर्यटनमा संलग्न नभएपनि सफल व्यावसायी बन्ने धुनमा दाहाल पर्यटन क्षेत्रमा आईपुगेको बताउँछन ।
एसएलसी अध्ययनपश्चात पोखराकै स्थानिय होटलमा केही समय काम गरेका थिए दाहालले । त्यसको केही समयपछि २०६२ ताका उनी बैदेशिक रोजगारीको सिलसिलामा कतार हानिए । २ बर्षको बसाईपश्चात केही रकमको जोहो जो भएकै थियो, नेपाल फर्किए । पुनः केही समय होटलमा विगतको अनुभवलाई पुर्नताजगी गराउन भन्दै काम गर्न थाले ।
पर्यटन क्षेत्रले अनुभव दिएकै थियो, थोरबहुत रकम यसबिचमा जम्मा भएकै थियो, अरु के चाहियो, फरक शैली अपनाउँदै अनिवार्य आवश्यक्ताको सिद्धान्तमा ध्यान दिदै ट्राभल टुुर्स सञ्चालन गर्ने निधो गरे ।
होटलमा रहँदा पर्यटकहरुलाई घुमाउने गाडिहरु भनेबमोजिमका नभएको गुनासोबारे जानकार थिए, दाहाल । यसैलाई पुरा गर्न ट्राभल खोल्ने निचोडमा पुगेको बताउँछन ।
२०६८ सालमा सुरु भएको उनको ट्राभल टुर्स अन्तर्गतको भेईकल सर्भिसमा हाल ४ वटा लक्जरी सुबिधायृुक्त पर्यटक सवारी रहेका छन ।
उनको ईमानदार छबिकै कारण व्यावसाय पनि फस्टाउँदै गयो । सफलताले डोर्याएको हौसलामा टेक्दै २०७१ सालमा प्याराग्लाईडिङ सेवा समेत सुरु गरे । जसमा ५ जना पाईलटहरुले सराङकोटका डाँडा घुमाउने जिम्मा लिएका छन । 
आकासमा उडेर एड्भेन्चर महशुस गरेका पर्यटकहरुको ताजगीलाई पुर्नजिबित तुल्याउन तातो कफीको स्वादसहितको उनको ‘आँगन क्याफे’ तम्तयार अवस्थामा रहन्छ ।
पोखरा भित्रने पर्यटकका लागि सवारी, त्यसपछिको आकास उडान र कफीको चुस्की दाहालले संयोजन गरेका ब्राण्ड नै हन ।
निकै मिलनसार व्यक्तित्व र हँसिला स्वभावका दाहालको सफलतामा उनको स्वभाव पनि जोडिएको उनका सहकर्मीहरु चर्चा गर्ने गर्दछन ।
काठमाण्डौमा समेत व्यावसाय बिस्तार गर्ने क्रममा रहेका दाहाल आजका दिनमा एक सफल युवा उद्यमीका रुपमा परिचीत छन ।
जिबनमा योजनाबद्ध सोचकै कारण सफलता प्राप्त गर्न सकिने उनको बुझाई छ, भन्छन, बिदेशमा १८ घण्टा काम गर्न सक्नेले स्वदेशमा हुँदा ८ घण्टा पनि गर्दैनन, अनि सफलता भएन भन्दै कराउनुको के अर्थ...... ।
जिबनमा चाहेका कुरा प्राप्त भएकै छन, व्यावसायप्रतिको लगाबमा कुनै कमि छैन, सन्तुष्ट छु , उनले भने ।

 

तपाईंको बिचार