Thursday, May 25, 2017  |    

सौराहा फूड फेष्टिबल हुने

प्रकाशित मिति: 2017/01/30

माघ १७, सौराहा। पर्यटकीय नगरी रत्ननगर सौराहामा माघ २९ गतेदेखि सौराहा फूड फेष्टिबल हुने भएको छ। क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)ले गर्ने यो फेष्टिबलमा सौराहाका पर्यटन प्रवर्द्धनसँगै चितवनको टिपिकल खानाको प्रवर्द्धन गरिने जनाएको छ।

रेवानले भ्यालेन्टाइन डेको अवसर पारेर यो महोत्सव गर्दै आएको छ । चितवनको पर्यटन प्रर्वद्धन गर्न उद्देश्यले फेष्टिवलको आयोजना गरिएको क्षेत्रीय रेवानले जनाएको छ । सौराहाको सिसवार खेल मैदानमा हुने फेष्टिवलमा प्रेमपत्र लेखन प्रतियोगिता हुनेछ । 

फेष्टिबलमा सहुलियत दरमा हात्ती सफारी र डुंगा सफारी गराइने आयोजकले बताए। फेष्टिबलमा करिब ४० लाख खर्च हुने र ५० लाख बढीको कारोबार हुने आयोजकको अनुमान छ । फेष्टिबलमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्री पंगेनी, प्रजापती पराजुली लगायतले प्रस्तुती दिने बताइएको छ।

तपाईंको बिचार