Thursday, March 23, 2017  |    

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै पर्यटन परिषदद्धारा ठमेलमा हस्ताक्षर संकलन

प्रकाशित मिति: 2017/01/30

माघ १७, काठमाडौं । नयाँ शक्ति निकट नेपाल पर्यटन परिषदले नयाँ संबिधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै १० लाख हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

ठमेलमा आईतबारबाट सुरु भएको अभियान मंगलबार सम्म सञ्चालन हुने नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

हस्ताक्षर संकलन गर्न नयाँशक्तिका २० जना कार्यकर्ता खटिएको भन्दै श्रेष्ठले सोमबार पक्नाजोल र मंगलबार संञ्चयकोष भवन क्षेत्रमा हस्ताक्षर संकलन गरिने बताउनुभयो । आईतबार पहिलो दिन २ घण्टाको अवधीमा ६ सयभन्दा बढि हस्ताक्षर संकलन भईसकेको भन्दै सोमबारबाट तिब्र रुपमा हस्ताक्षर संकलन गरिने पर्यटन परिषद्ले जनाएको छ ।

आर्थिक समृद्धिको मुख्य नारा लिएर गत जेठ ३० मा औपचारिक उद्घाटन भएको नयाँ शक्तिले राजनीतिक मुद्धाको रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जोड दिदै आएको छ । यसैका लागि पार्टीका बिभिन्न बिभाग र एकाईले हस्ताक्षर अभियान सञ्चालन गर्दै आएकोमा त्यसैको निरन्तरताको रुपमा पर्यटन परिषद पनि हस्ताक्षर अभियानमा जुटेको श्रेष्ठले बताउनुभयो ।

तपाईंको बिचार