Monday, April 24, 2017  |    

नयाँ शक्ति निकट नेपाल पर्यटन परिषद्को संयोजकमा गोपालबाबु श्रेष्ठ चयन

प्रकाशित मिति: 2017/02/01

माघ १९, काठमाण्डौ । नयाँ शक्ति निकट नेपाल पर्यटन परिषद्को संयोजकमा नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठ चयन हुनुभएको छ ।
गत माघ ७ गते बसेको परिषद्को सचिवालय बैठकले श्रेष्ठलाई सर्बसहमतिले चयन गरेको हो । यसअघि परिषद्को संयोजकमा सागर पाण्डे रहेका थिए ।
आर्थिक समृद्धि र बिकासको मुख्य नारा दिएर स्थापना भएको नयाँशक्तिले पर्यटनमा पनि यसको प्रयोग गर्ने जनाएको छ ।
नयाँ शक्तिले संबिधानमा कार्यकारी राष्ट्रपतिको माग गर्दै देशभरीबाट १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने बताएको छ ।  श्रेष्ठकै नेतृत्वमा केही दिनअघि मात्र संबिधानमा कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक संसदको माग गर्दै परिषद्ले ठमेलबाट मात्रै १२ हजार हस्ताक्षर संकलन गरेको थियो ।
संकलित हस्ताक्षर माघ अन्तिम साता प्रधानमन्त्रीलाई बुझाउने बताईएको छ ।

 

तपाईंको बिचार